दशैंको माहोलले छोपिसक्यो । बजारदेखि बसपार्कसम्म चहलपहल बढ्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दशैंको दृश्य नदेखिने कुरै भएन ।

केही दिनयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आउने यात्रुहरुको चाप बढेको छ । रोजगारीका लागि विदेश गएका युवाहरु धमाधम दशैं मान्न फर्किरहेका छन् ।

विमानस्थलमा अहिले विदेशिएका युवा र उनीहरुका आफन्तबीचको यस्ता भावुक दृष्यहरु बाक्लै देखिन्छन् । मीठो मसिनो खाने, राम्रो लाउने, रमाइलो गर्ने वर्ष दिनको चाड दशैंमा नेपालीहरु जहाँसुकै भए पनि मूलथलोमा भेला हुन खोज्छन् ।

साथै विदेशमा रहेका नेपाली युवा दशैंका बेला नेपालमा परिवारको खुसीको लागि ऋण नै गरेर भए पनि दशैं खर्च पठाउने दबावमा हुन्छन् । अधिकांश नेपाली श्रमिकले खुसी–खुसी यो दायित्व पूरा गर्छन् पनि ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।