राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई डेंगु संक्रमण भएको छ । बुधबारदेखि आफूलाई ज्वरो र शरीर दुखाइका लक्षण देखिएको र जचाउँदा डेंगु पुष्टि भएको उनले समाजिक संजालमा उल्लेख गरेका छन् ।

‘हिजो दिउँसो देखि ज्वरो र शरीर दुखाइका लक्षण देखिन थालेको थियो । आज परीक्षण गराउँदा डेंगु देखियो,’ सभापति लामिछानेले भनेका छन्, ‘डाक्टरको सल्लाह अनुसार केही दिन आराम गर्नु पर्ने भएकाले भरतपुर, तनहुँ, लमजुङ, गोर्खा लगायतका कार्यक्रमहरूमा सहभागी हुन नसकिने कुराको जानकारी गराउँदछु । यसबाट पर्न जाने असहजता प्रति क्षमा प्रार्थी छु । मेरो स्वास्थ्य अवस्था सामान्य छ ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।