पोखरा महानगरपालिका वडा नं. २७ मा रहेको लक्ष्मी आदर्श यूवा क्लवले दोस्रो म्याराथन दौड प्रतियोगिता सम्पन्न गरेको छ ।

प्रतियोगितामा पुरुष तर्फ रोहन गुरुङ्ग १५.४० मिनेट निर्धारीत दुरि पार गरि प्रथम, अनिल गुरुङ्गले १६.२७ मिनेट र कविर पौडेल १६.५६ मिनेटमा निर्धारीत दुरि पार गरि क्रमश दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भएका छन् ।

महिला तर्फ सृष्टि रेग्मीले ३६.२८ निर्धारीत दुरि पार गरि प्रथम रुविना बास्तोलाले ३६.२९ मिनेट र सर्मिला कार्कीले ४३.५२ मिनेटमा निर्धारीत दुरि पार गरि क्रमश दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भएका छन ।

रचित पौडेलको संयोजकत्वमा आयोजित दोस्रो म्याराथन दौड प्रतियोगितामा पुरुष र महिला गरि ४० प्रतियोगी सहभागि रहेका थिए । दोस्रो म्याराथन दौड प्रतियोगिता ४.३ कि.मि. कच्ची सडकमा गरिएको क्लवका अध्यक्ष निर्मान देवानले जानकारी दिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।