पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौडास्थित नविन टोल विकास संस्थाले दशैंको अवसरमा आज सरसफाई गरेको छ ।

सरससफाई बारे सचेतना जगाउँदै टोल क्षेत्रका सडक आसपासका क्षेत्रमा सामुहिक रुपमा सरसफाई गरिएको संस्थाका अध्यक्ष पुष्पराज शर्मा पौडेलले जानकारी दिनुभयो ।

सरसफाईका क्रममा संस्थाका सचिव मोहन राज बरालले टोलका प्रत्येक सदस्यले आआफ्ना घर वरपर सरसफाई गर्न आग्रह गर्नुभएको थियो । उक्त अवसरमा उहाँले पछिल्ला समयमा महामारीका रुपमा फैलिदै गएको डेंगु रोग प्रतिसचेत रहनुपर्नेमा जोड दिदै लामखुट्टे रहन सक्ने स्थानको सरसफाईलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

यसैबीच उक्त क्षेत्रकै बेलबुटे क्षेत्रको शाखा बाटोमा पनि आज स्थानीयवासीले सरसफाई गरेका छन् । बेलबुट्टे आदर्श बाल क्लबले उक्त क्षेत्रमा सरसफाई लगायतका गतिविधिमा जोड दिदै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।