नेकपा माओवादी केन्द्रका नेता छक्कबहादुर लामा नेकपा एमालेमा प्रवेश गरेका छन् । २०७४ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा हुम्लाबाट निर्वाचित सांसद समेत रहेका लामा सोमबार एमाले प्रवेश गरेका हुन् ।

०७४ को प्रतिनिधि सभामाको निर्वाचनमा माओवादीले टिकट नदिएपछि लामा माओवादीकै उम्मेदवारविरुद्ध बागी उठेर चुनाव जितेका थिए । चुनावपछि लामा तत्कालीन नेकपा हुँदै माओवादीमा फर्किएका थिए ।

सोमबार बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओली, उपमहासचिव प्रदीप ज्ञवाली लगायतका नेताले लामालाई खादा तथा टीका लगाएर पार्टीमा स्वागत गरेका हुन् । लामा सहित हुम्लाका निवर्तमान गाँउपालिका अध्यक्ष बागदल मल्ल, विष्णु लामालगायत माओवादी कार्यकर्ता एमालेमा प्रवेश गरेका छन।

यसअघि हुम्लाका प्रभावशाली माओवादी नेता छिमी लामाको टिमनै एमालेमा प्रवेश गरिसकेको छ । चुनाव नजिकिँदै जाँदा एक पार्टी परित्याग गरी अर्कोमा प्रवेश गर्ने लहर नै चलेको छ । कतिले भने यस्ता कामलाई अवसरवादीको संज्ञा दिइरहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।