नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष म्याराथनमा गण्डकी प्रदेशका अनिश थापा मगरले स्वर्ण पदक जितेका छन् । पर्वतका ३२ वर्षिय अनिशले राष्ट्रिय खेलकुदमा म्याराथनमा पहिलो पटक स्वर्ण जितेका हुन् ।

नेपाल आर्मी क्लबका कृष्ण बस्नेतले रजत र एपीएफका सन्तोषविक्रम विष्टले कांस्य जिते ।

आफ्नै घरेलु मैदानमा स्वर्ण जित्दा खुशी लागेको अनिशले बताए । पोखराको रुट पनि राम्रो लागेको उनले बताए ।

अनिश भारतीय सेनामा कार्यरत छन् । उनले आठौं राष्ट्रिय खेलकुदमा १० हजार मिटर दौडमा प्रतिस्पर्धा गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।