आदर्श बचत तथा ऋण सहकारी संस्था लि ।पोखरा १३ आर्वाको आज सम्पन्न १५औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनले राजेन्द्र प्रसाद बरालको अध्यक्षतामा आगामी कार्यकालका लागि नौ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ।

सहकारीको उपाध्यक्षमा लक्ष्मी देवकोटा,सचिवमा सुर्य प्रसाद बराल,र कोषाध्यक्षमा बसन्त राज बराल छानिएका छन्। तेसै गरी कार्यसमिति सदस्यहरुमा घनश्याम बराल, यज्ञ प्रसाद बराल,तारानाथ सिग्देल, अनिता पहारी र लक्ष्मी सुबेदी बराल चुनिएका छन्। सहकारीको लेखा समिति संयोजकमा कृष्ण राज बराल तथा सदस्यहरुमा कृष्ण प्रसाद बराल र सन्तोष बराल सर्वसम्मत भएका छन्।

अधिवेशनको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडानं १३ का वडा अध्यक्ष किरण बरालले सहकारीको माध्यमबाट दिगो आर्थिक बिकाशमा ठूलो सहयोग पुग्ने बताए। उनले वडा कार्यालयबाट सहकारीको प्रगति मा सहयोग पुर्याइने दावी गरे। कार्यक्रममा पोखरा महानगरपालिका वडानं १३ की वडा सदस्य रजनी परियार, सहकारीका संस्थापक अध्यक्ष कृष्ण प्रसाद बराल, पत्रकार श्रीराम सिग्देल, शेयर सदस्य राम शरण बराल,शेयर सदस्य सुमित्रा बराल,लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए।

आदर्श बचत तथा ऋण सहकारी संस्था लि का अध्यक्ष राजेन्द्र प्रसाद बराल को अध्यक्षतामा भयको कार्यक्रम मा स्वागत उपाध्यक्ष लक्ष्मी देवकोटा र कार्यक्रम सञ्चालन सचिव सुर्य प्रसाद बरालले गरेका थिए।

कार्यक्रममा शेयर सदस्य का छोरा छोरी मध्यबाट कक्षा १२मा उत्कृष्ट अंक ल्याउने सौरभ सिग्देल र प्रदिप देवकोटालाई नगद, दोसल्ला,तथा प्रमाण पत्र द्वारा सम्मानित गरियको थियो। तेस्तै ८४ वर्ष उमेर पुगेका शेयर सदस्य का बुबा आमा मध्य बाट सन्तु माया बराल एवं सहकारी को असल कारोवार गर्ने शेयर सदस्य शिब प्रसाद बराल र असल बचत कर्ता केशबहादुर नेपाली लाई पनी सम्मान गरिएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।