राष्ट्रिय प्रजातन्त्र पाटीबाट कास्की क्षेत्र नम्वर २ क को प्रदेश सभा सदस्यका लागी बिजय बहादुर भण्डारीले चुनावी अभियान घर दैलो सुरु गरेका छन ।

क्षेत्र नम्वर २ को समग्र विकाशको लागी आफु चुनावी मैदानमा होमिएको कुरा बताउदै भण्डारीले क्षेत्र नम्वर २ का मतदाताहरुको समस्या सुन्दै घर दैलौ कार्यक्रम शुरु गरेका छन ।

जनताको समस्या समाधान गर्ने उनले घरदौलोमा बाचा गरेका थिए । प्रदेश सभा सदस्यमा आफु विजय भएमा यस क्षेत्रको बिकासको निम्ति आफुले कुनै कसुर बाकी नराख्ने र राज्यबाट पाईने सेवा सुबिधा आफुले नलिने र त्यो रकम बिपन्न वर्गको उत्थानको लागी उपयोग गर्ने जानकारी दिए ।

देश विकासको लागी युवा नेताको खाँचो परेको कारण आफु चुनावी मैदानमा होमिएको भण्डारीले जतालाई सुनाए । उनले रोजगारीको, शिक्षा, स्वास्थ्य लयातको क्षेत्रमा जनताको समान पहुँच बनाउको लागि उम्मेद्धावरी दिएको जानकारी दिए ।

चुनावी अभियानमा मतदाताको हौसाला पाउनको साथै आफ्नो क्षेत्रको समग्र विकासको लागि आग्रह गदै विगतका दिनमा राजनितीक पार्टी र नेताहरुले झुटा सपना देखाएका र विकासका काम केही नगरेको अव युवा नेताको हातमा राज्य सत्ता पुग्नुपर्ने भन्दै विजयको अग्रिम शुभकामना दिएका थिए ।

भण्डारीले २७ वर्षको उमेर नै प्रदेश सभाको लागि उम्मेदवारी दिएको हुन । उनले उक्त क्षेत्रको आफु कान्छो र विकासको भिजन सहितको उम्मेदवार रहेको दावी गरेका छन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।