पोखरा महानगरमा पछि थपिएका वडा अझै गाउँ जस्ता छन् । त्यहाँ विकासका पूर्वाधार र अरु सुविधा पुग्न बाँकी छ । मंगलबार पोखरा १६ र २० पुगेकी एमाले उम्मेदवार मिना गुरुङले पछि थपिएका ग्रामीण क्षेत्रका बासिन्दालाई चाडै महानगरबासीको अनुभूति दिलाउने प्रतिवद्धता गरेकी छन् ।

कास्की २ (२) मा पोखरा महानगरका वडा नं. ४, ८, ९, ११, १६ र २० पर्छन् । उम्मेदवार गुरुङले भनिन्, ‘यो देशकै ठूलो महानगरको भूभाग हो । स्थानीय र संघ संरकारसँग सहकार्य गर्दै महानगरका लागि चाहिने पूर्वाधार र सेवा, सुविधा पु¥याउन म हरदम यहाँहरुसँगै थिएँ, सधै सँगै रहन्छु ।’

गुरुङले महिलालाई आफू भएकै ठाउँबाट भूमिका निर्वाह गर्न आग्रह गरिन् । उनले भनिन्, ‘राष्ट्रपति, एमाले अध्यष केपी शर्मा ओलीलाई सम्झनुस्, परिवर्तनका लागि जीवन समर्पण गर्ने योद्धालाई सम्झनुस् र मंसिर ४ मा उचित निर्णय गर्नुस् ।’

कार्यक्रममा कास्की २ की एमाले उम्मेदवार विद्या भट्टराई, अनेमसंघकी नेता सिर्जना शर्मा, समानुपातिक उम्मेदवार छममाया पुन, एमाले पोखरा महानगर सचिव जीवन आचार्य लगायतले बोलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।