कास्कीको अन्नपूर्ण गाउँपालिकाका जनताले संविधानको रक्षा गर्न र प्रतिगमनलाई पूर्ण रुपमा निष्तेज पार्न यसपाली पाँच दलीय गठबन्धनका उमेदवारहरुलाई जिताउने निधो गरेका छन्। पाँच दलीय गठबन्धनका साझा उमेदवार रामजी प्रसाद बराल जीवन र प्रकाश बरालको घर दैलो कार्यक्रममा अन्नपूर्णका स्थानियले उमेदवार समक्ष उक्त कुरा बताएका हुन्।

अघिल्लो चुनावमा जितेका जनप्रतिनिधिहरुले आफ्नो गाँउमा ५ बर्षसम्म मुख नै नदेखाएको गुनासो गर्दै स्थानियले यसपालीको मत पाँच दलीय गठबन्धन भन्दा बाहिर नजाने प्रतिवद्धत्ता व्यक्त गरे । स्थानियले संविधानको रक्षा गरी अझै पनि प्रतिगमनको खतरा रहेको उल्लेख गर्दै गठबन्धनको औचित्य प्रति कसैको भ्रममा नपर्न आग्रह समेत गरे । कास्की निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभाका प्रत्यासी गठबन्धनका साझा उमेदवार रामजी प्रसाद बराल जीवन र गठबन्धनका साझा उमेदवार कास्की निर्वाचन क्षेत्र ३(२) का प्रत्यासी प्रदेश सभा सदस्य प्रकाश बराल केही दीन देखि कास्कीको अन्नपूर्ण गाउँको घर दैलो कार्यक्रममा पुग्दै गर्दा उमेदवारहरुलाई स्थानियले फुल मालाले भव्य स्वागत गरी विजयी गराउन आफुहरु कटिवद्ध भएको बताए ।

कार्यक्रममा नेपाली कागेंसका केन्द्रिय सदस्य गुरु बरालले यसपटक हसिया हथौडा र रुख चिन्हःमा ढुक्क भएर मतदान गर्न आग्रह गरे । नेता बरालले भने “ यस पटक ५ बर्ष गठबन्धनले विपक्षिलाई सवक सिकाउने पक्का भएको छ । ”प्रतिनिधि सभाका प्रत्यासी गठबन्धनका साझा उमेदवार रामजी प्रसाद बराल जीवनले अन्नपूर्ण गाउँपालिकाको घरदैलो पछि आफुहरुको जित सुनिश्चित भएको बताए । उनले भने “ माओबादीका नेता तथा कार्यकर्ताले यस पटक ढुक्कका साथ रुख र हसिया हथौडामा मतदान गर्नुहोस विकास हामी गछौं । ”

कागेंसका अग्रज नेता आइबहादुर गुरुङले कागेंस, माओबादी केन्द्र, नेकपा एकिकृत समाजबादी, राष्ट्रिय जनमोर्चा सहितको गठबन्धनले संविधान जोगाउन र प्रतिगमन बिरुद्ध ५ दलीय गठबन्धनलाई मतदान गर्नुपर्ने बताए । नेता गुरुङले भने “चुनावी टिकटको तिक्तता अब समाप्त भईसक्यो अब कास्की क्षेत्र नम्बर ३ मा गठबन्धन बाहेक १ मत पनि बाहिर जादैन ।”

प्रदेश सभा सदस्यका उमेदवार प्रकाश बरालले पनि हसिया हथौडामा रामजी बराललाई र रुखमा आफुलाई मतदान गर्न आग्रह गरे । उनले भने “१ सय रुपैयामा औषधी किन्नु छ तर ९९ सय रुपैया मात्र खल्तीमा छ भने किन्न सकिदैन, त्यसमा १ रुपैयाको खाँचो पर्छ, गठबन्धन गरेको त्यही औषधि किन्ने खर्च पुर्याए जस्तै हो , त्यस कारण हामीले एक अर्कोको चुनावः चिन्हःमा मतदान गरौं ।” घरदैलो कार्यक्रममा कागेंस नेता शारदा शर्मा पौडेल, राजबहादुर गुरुङ, माओबादी केन्द्रका युवा नेता त्रिभुवन पौडेल लगायतले वोलेका थिए ।

उमेदवारहरुले मंगलबार अन्नपूर्ण गाउँपालिका उल्लेरी, बिरेठाँटी, नयाँपुल लगायतको क्षेत्रमा घरदैलो कार्यक्रममा सहभागि भए । कृषि, पर्यटन, जलबिद्युत, उद्योग, भौतिक पूर्वाधार, मानव संशाधन र सुशासन मुल समृद्धिका आधार संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धनका व्यक्तिहरुले उमेदवारी दिएको चुनाव प्रचार समितिले उल्लेख गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।