भक्तपुर- भक्तपुर नगरपालिका–९ भाने चोकस्थित धन बहादुर राईको टहरामा तास खेलिरहेको अवस्थामा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६० हजार १ सय रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।