गठबन्धनको तर्फबाट कास्की २ (क) मा प्रदेशसभा सदस्य पदका उम्मेदवार रहेका माओवादी केन्द्रका नेता विश्वप्रकास लामिछाने आफूहरु चुनावी अभियान मात्र नभई विकास र समृद्धिको अभियान ल्याउन जनताको बीचमा आएको बताएका छन् । पोखरा ३३ को चौवादीमा चुनावी अभियानका क्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले संविधानमा शिक्षा, स्वास्थ्य रोजगारी र आवासको ज्ञारेन्टी गरिएको भन्दै त्यसको कार्यान्वयनमा लाग्ने धारणा राखे । बिकास र समृद्धिको लागि गठबन्धन आवस्यको उनको भनाई छ । अब राजनीतिक परिवर्तन भन्दा बिकास र समृद्धिको परिवर्तन आवश्यक रहेकोमा उनको जोड छ ।

उक्त अवसरमा नेपाली काँग्रेस वरपौवा टोल ईकाई सभापति कृष्णबहादुर थापाले पानी र बाटोको समस्या रहेको बताए । सुत्केरीको व्याथा लागेमा डोकोमा बोकेर हिड्नुपर्ने अवस्था रहेको, किरियापुत्रीले खाना खाने भवन लगायतका समस्या भएको उनले जानकारी दिए ।

उक्त अवसरमा पौवा युवा क्लबका अध्यक्ष दिनेश राना र नेपाली काँग्रेस ३३ का सभापति तिलक अधिकारी लगायतले बोलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।