पछिल्ला समयमा पोखरा ३३ मा सडक स्तरोन्नति तीव्र गतिमा भैरहेको छ । पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको बागमारा क्षेत्रमा सडक स्तरोन्नतिका लागि हाल दायाँ बायाँ सडक निर्माण कार्य बढाइएको हो ।

विगत लामो समय देखि रोकीएको भरतपोखरीको सडक स्तरोन्नतिको काम नवर्निवाचीत जनप्रतिनिधि आएपछि निर्माण कार्य तीव्र गतिमा भएको स्थानिए बासिन्दा बताउछन ।

बागमारा क्षेत्र बजारीकरण भैरहेका अवस्थामा बाटोको स्तरोन्नतिका निम्ति महानगरभित्रका वडामा आवश्यक पूर्वाधार विकासलाई अघि बढाउने पोखरा महानगरपालिकाको योजना अनुरुप भरतपोखरी बाघमाराको छुचिको गौडा देखि निर्माण कार्यको क्रमागत योजना अन्तर्गत निर्माण कार्य थालनी गरीएको पोखरा ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले जानकारी दिए ।

सुबिधा सम्पन्न पिच बाटो निर्माणले यस भूगोलका जनतालाइ सहज रुपले आबतजाबतको लागि यो योजना महत्त्वपूर्ण हुनेछ,साथै यो बाटो निर्माण पस्चात कोत्रे देखि पोखरा सम्मको बैकल्पिक मार्ग समेत हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।