आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा ५ दलीय गठबन्धनको तर्फबाट कास्की २ ९१० का उम्मेदवार विश्वप्रकाश लामिछानेले आफु पोखराको विकासको लागि र पोखराको सम्बृद्धिको लागि निर्वाचनमा आएको बताएका छन् ।

उनले पोखराका प्राकृतिक सम्पदाको संरक्षण प्रवद्र्धन र मानविय विकास मिलाएर मात्र पर्यटन क्षेत्रको विकास हुनसक्ने बताए ।

निर्वाचन अभियान अन्तरगत पोखराको ड्याम साईट क्षेत्रमा मतदाताहरुसँग अन्तरक्रिया गर्दै लामिछानेले पोखराका सबै ताललाई रामसार सुचीमा सुचिकृत गरेपछि, अब विश्व सम्पदा सुचीमा सुचीकृत गर्नुपर्ने बताए । ‘पोखराको फेवातलमा जसरी फुटट्रयाक बनायांै त्यसरी नै विकास गर्ने योजना छ ।’ उनले भने ।

फुटट्रयाक विस्तार गरेर १६ किलोमिटर बनाउने योजना रहेको उनले जानकारी दिए । पोखराको पर्यटन बढाउन लेकसाइट बाट पातले हुँदै फुस्रे खोलामा जाने पैदल मार्ग बनाउने आश्वासन पनि उनले दिएका छन् । पोखरामा पोखरामा पर्यटनको बसाइ लम्व्याउन फुटट्रयाक आवश्यक रहेको उनको भनाई थियो । उनले फेवातलको लागि आफुले महत्वपूर्ण काम गरेको बताए ।

‘पोखरालाई हाम्रो मौलिकता सहितको स्मार्ट सिटी निर्माण गर्नुपर्छ । यहाँको ताल पोखरी, चौतारी सहितको स्मार्ट सिटी हुनुपर्छ । पोखरा विकास गर्न ५ दलीय साझा घोषण पत्रको साथमा आएको उनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।