काइण्डनेस क्लब मदरल्याण्डले पोखरा वृद्धाश्रम पोखरा १७ सीतापाइलामा रहेका ५५ जना वृद्धवृद्धालाई खाद्य तथा आवश्यक कपडाहरु वितरण गरेको छ ।

वृद्धहरुलाई जाडोलाई आवश्यक पर्ने टोपी, मोजा, ब्लाङ्केट, हिटर, विद्युतीय जग,पानी तताउने रड लगायतका आवश्यक सामग्री र फलफुल वितरण गरेको हो ।

नोभेम्बर महिनालाई दया, माया र करूणाको महिनाका रूपमा मानिने हुँदा विद्यालयका विद्यार्थीहरूले नोभेम्बर महिनाभरि इच्छाअनुसारको रकम संकलन गरी विद्यार्थीहरूकै सक्रियतामा सामग्री वितरण गरेको मदरल्यण्ड स्कुलकी प्रावि इन्चार्ज केशु शर्माले जानकारी दिइन् ।

संकलित सामग्रीलाई कक्षा ४ देखि १० सम्मका हरेक सेक्सनबाट एक एक जना विद्यार्थी, शिक्षक र कर्मचारीहरुले वितरण गरेका थिए । कार्यक्रममा काइण्डनेस क्लब मदरल्याण्डका अध्यक्ष निश्चल बास्तोलाले क्लबको बारेमा जानकारी दिदै आमागी दिनमा पनि सहयोग जारी राख्ने बताए ।

बाल्यकालदेखि नै विद्यालयबाटै दया, माया र करूणाको भाव जगाउन २०७७ वैशाख स्थापना भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।