पोखरा महानगरपालिकाले नदीजन्य समाग्री उत्खनन्, तथा विक्रि वितरणका लागि बोलपत्र आह्वान गरेको छ ।
नदीजन्य समाग्री (घाट गद्धि) ढुंगा, गिट्टी, बालुवा, दहत्तर, बहत्तरको ठेक्काका लागि विभिन्न घाटको बोलपत्र खुला गरिएको पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले जानकारी दिए ।

 

उनका अनुसार पोखरा महानगरपालिका भित्रका ६ वटा घाटको आगामी पुष २४ गते  बोलपत्र दाखिला तथा विक्रि गर्ने गरि आह्वान खुला गरिएको हो ।

 

 

उनले पुरुन्चौर ढोडेनी घाट, ढावघाट, मर्दीलस्ती दोभानघाट, विजयपुर खोला (दाया किनार), भेडीफारम घाट, मुसेटुंडा सैनिकघाट (बायाँ किनार)को बोलपत्र खुला गरिएको बताए ।

 

भारतीका अनुसार अहिले खुला गरिएको घाटहरुबाट न्यूनतम २ हजार ५ सय घनमिटर देखि अधिकतम ७ हजार ८ सय ९७ घनमिटर सम्म नदीजन्य समाग्री उत्खनन गर्न सकिनेछ ।

 

पोखरा महानगरपालिकाले बोलपत्र फारम दस्तुर नगद रु ३ हजार निर्धारण गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।