राष्ट्रिय प्रजातन्त्र पार्टीको गण्डकी प्रदेश सभा प्रदेश अन्तर्गत सांसद छनौटमा असन्तुष्टि चुलिएको छ। पार्टीमा निष्ठा, बलिदान योग्यता र शिक्षा, लगनको कदर नभएको भन्दै गण्डकी प्रदेश सभाको कार्यलय समेत तोडफोड भएको छ।

एकसिट पाउंदा स्वतः जनजाति महिला सुशिला थापामगर र देस्रो सिटमा खसआर्य पुरुष डा। गोविन्दराज खनिया हुनुपर्नेमा अन्यथा भएर चोर बाटो प्रयोग गरेर जनजाति पुरुष पंचराम गुरुंग र खसआर्य महिला बिन्दु पहाडी लाई पैसा, शक्ति आडम्बरको प्रयोग गरी कार्यकर्ताको जनभावनालाई बेवास्ता गरेर जबरजस्ति निर्णय लाद्न खोजिएको आरोप लागेको छ।

नियमसम्बद्ध रुपमा र गण्डकी प्रदेशको ११ मध्ये ८ जिल्ला अध्यक्षको समर्थन रहंदा र अधिकांश पदाधिकारी तथा महामन्त्रीहरुको समर्थन रहंदा समेत सचिवालयको एकलौटी दबाब र रिसमा निर्णय प्रभावित पारिएको बुझिएको छ।

अहिले सासंद सुचीमा नाम सिफारिस भएका पंचराम गुरुंग मात्र केही बर्ष पार्टी राजनीति गरेको र सचिवालयको आशिर्वादमा क्रमशः कार्यवाहक र प्रदेश अध्यक्ष भएको र प्रदेश अध्यक्ष पद धान्न नै धौधौ भएको अवस्थामा एकलौटी रुपमा प्रदेश सभामा सिफारिस भएको कार्यकर्ताहरुको बुझाई छ र अर्की सदस्य बिन्दु पहाडीको त प्रारम्भिक शिक्षा समेत पुरा नभएको बुझिएको छ।

अधिकतम भोट दिने कास्की र नवलपुरलाई वेवास्ता गरेर निकै कम भोट भएका जिल्लाबाट सांसद छनौट गरेकोमा प्रदेश अन्तर्गतका जिल्लाका कार्यकर्ता तथा नेताहरु आन्दोलित भएका छन्।

प्रदेश कार्यलय तोडफोड भएसंगै विभिन्न जिल्लाबाट ध्यानाकर्षण पत्र आउने तयारीमा छन्। विधि र पद्धतिको प्रचार गरेपनि पार्टीभित् पुरानो शैली हाबी भएको कार्यकर्ताको आरोप छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।