गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले सांसदको अधिवेशन आह्वान गरेका छन् । प्रमुख गुरुङले पुस १८ गते सोमबार दिउँसो ३ बजेका लागि अधिवेशन आह्वान गरेकी गरेका हुन् । गुरुङले गण्डकी प्रदेश सरकारमा सरकार गठनको प्रकृया सुरु नहुँदै अधिवेशन आह्वान गरेका हुन् । प्रदेश प्रमुख गुरुङले आह्वान गरेको पत्रमा सभामुख वा जेष्ठ सदस्य नतोकी पत्र पठाएका हुन् ।

पत्रमा उल्लेख छ, ‘गण्डकी प्रदेशका प्रदेश प्रमुख माननीय पृथ्वीमान गुरुङज्यूद्धारा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको अधिवेशन सम्वत् २०७९ साल पौष १८ गते सोमबार दिनको ३ बजेदेखि प्रदेश सभा भवन, नदीपुरमा आरम्भ हुने गरी आह्वान गर्नुभएको व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।