२२ औं आहारारा पोखरा गोल्डकपमा धरान फुटबल क्लबले आयोजक सहारा क्लबलार्य विजयी सुरुआत गरेको छ । सहारा क्लबलाई १–० ले हराउँदै धरानले क्वाटरफाइनलमा नेपाल एपिएफ क्लब सगँको भेट पक्का गरेका छ ।

खेलको चौथो मिनेटमा सहाराका भावगत चौधरीले डिबक्स बाहिर फउल गरेपछि धरानले फ्रिकिकको अवसर प्राप्त गर्यो । चौधरीले प्रकाश बुढाथोकीलाई लडाएपछि पाएको फ्रिकिकलाई बुढाथोकीले नै गोल गरे । खेलको चौथो मिनेट गरेको गोलले उनलाई म्यान अफ दि म्याच भए । शुक्रबारको खेल नेपाल पुलिस क्लब र र्चच व्याइट युनाइटेड फुटबल क्लबका बिच हुने छ ।

सहारा क्लबको आयोजना तथा हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउको मुख्य प्रायोजन रहेको गोल्डकपको उदघाटन पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले गरे ।

प्रतियोगिता उद्घाटन समारोहमै वर्ष उत्कृृष्ठ फुटबलरबाट नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेण्डर अनन्त तामाङलाई सम्मानित गरिएको थियो । उनलाई नगद ५० हजार राशीसहित दोसल्ला ओढाई सम्मान गरियो । प्रतियोगिताका विजेताले १२ लाख रुपैयाँ र उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीलाई इलेक्ट्रिक स्कुटर प्रदान गरिने छ । उत्कृष्ट पाँच विधालाई सुर्यबहादुर केसी स्मृतिले प्रायोजन गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।