नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान जोगाउन बनेको गठबन्धन हाइज्याक भएपछि करेक्शन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिएको बताएका छन्।

मंगलबार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै पौडेल दुई वर्ष अघि संविधान जोगाउन बनेको पाँचदलीय गठबन्धन हाइज्याक भएपछि कोर्स करेक्शनका लागि  प्रधानमन्त्रीलाई काँग्रेसले विश्वासको मत दिएको बताएका हुन्। उनले संविधानमाथि आइपरेको खतरा बचाउनका लागि समर्थन गरेको बताए।

राष्ट्रिय परिस्थिति पेचिलो बन्दै गएकाले आर्थिक ,सामाजिक र राजनीतिक सबै परिस्थिति एक ठाउँ आउनुको विकल्प नभएकाले पनि यो बेलामा नेपालका सबै शक्तिहरू एक ठाउँमा उभिएर राष्ट्रिय सहमति र राष्ट्रिय एकता कायम गर्न आवश्यक भएको उनको भनाइ छ।

उनले कांग्रेसले कुनै पनि संवैधानिक भाग लिनको लागि भन्दा पनि संविधानमाथि आइपरेका खतरालाई हृदयङ्गम गरेर संविधान बचाउनका लागि मतदान गरेको बताए।

उनले अहिले सबै राजनीतिक पार्टी एक ठाउँमा भएकाले एउटै विचार हुने पार्टीहरू एक ठाउँमा हुँदै जाने समेत बताए।

उनले काँग्रेसले व्यवस्था जोगाउनका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिएकाले अब व्यवस्था जोगिने विश्वास रहेको बताए।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।