पोखरा १४ चाउथेमा रहेको पाल्पा भैरव फर्निचरमा आगलागी हुँदा दुई जना घाइते भएका छन् भने करोडौँको क्षति भएको छ ।

बुधबार राति भएको आगलागीबाट फर्निचरमा ठूलो क्षति पुगेको छ । टिनको टहरा मुनि सञ्चालन गरिएको फर्निचरमा आगलागीबाट फर्निचर, प्लाइउडका सामान र मेसिनरी सामानसमेत नष्ट भएको छ । आगलागीबाट करिब ३ करोडको क्षति भएको अनुमान गरिएको छ ।

आगलागी कसरी शुरु भयो भन्ने खुलेको छैन ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।