पोखरा महानगरपालिका वडा नं २९ को भण्डारढीकमा रहेको जनप्रकाश मा विको प्रशासनिक भवनको विहिवार एक कार्यक्रमका विच शिलन्यास गरिएको छ ।

संघीय सरकारको मेगा विद्यालय निर्माणको उदेस्य बमोजीम बहुवर्षिय योजना अन्तरग करिव ३३ करोडको लागतमा निर्माण हुने प्रशासनिक भवनका लागि यो वर्ष संघीय सरकारको रु एक करोड र प्रदेश सरकारको २० लाख लागतमा पहिलो चरणको काम हुने भएको हो ।

बहुआयामीक प्रशासनिक भवनको शिलन्यास गर्दै पोखरा महानगरकाका प्रमुख धनराज आचार्यले शिक्षकहरुको सकारात्मक र कर्तव्यनिष्ठ परिश्रम विद्यार्थीहरिको मेहिनेत र अभिभावकको सहयोगमा शैक्षिक गुणस्तर सुधारमा सुधार आउने विश्वास ब्यक्त गरेका थिए ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बाबुराम सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगर शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षाका क्षेत्रमा नयाँ नयाँ योजना ल्याएर राष्ट्र निर्माणको अभियानमा लाग्न सक्नु पर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शेखरनाथ सर्माले वि स २०१५ सालमा स्थापना भएको विद्यालयमा एक हजार एक सय ७७ जना विद्यार्थीहरु अध्यनरत रहेको र अवको पाँच वर्षमा दुई हजार पु¥याउने लक्ष्य रहेको बताएका थिए । उक्त कार्यक्रमको संचालन शिक्षक शालिकराम सुबेदीले गरेको साहायक प्रअ गोपिराज अधिकारी जानकारी दिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।