पोखराका उद्योगी व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाहरुको ज्यादतिविरुद्ध गरिखान देउ भन्दै सडकमै उत्रेर विरोध गर्न सुरु गरेका छन् । पोखरा उद्योग वाणिज्य संघ र  लेखनाथ उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा  पोखरा बीपी चोकमा  बिहीबार उद्योगी व्यवसायीहरु सडकमा उर्लिएकाछन् ।

यो बैंकहरुको ज्यादती विरुद्ध पोखरामा अहिलेसम्मकै धेरै सहभागीतामा भएको विरोध प्रशर्दन हो । बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जामा गरिएको ब्याज वृद्धि,धरपकड एवं मानसिक आतंकको विरोधमा बिहीबार चिप्लेढुंगा चोक(बीपी चोक) मा भएको विरोध प्रदर्शनमा पोखराका ठूला देखि साना व्यवासयी र अगुवाहरु उत्रिएकाछन् ।

उनीहरुले आफुहरुको माग सुनुवाइ नभएसम्म विरोधका कार्यक्रम जारी रहने र आवश्यक परे काठमाडौं नै पुगेर राष्ट्रबैंक घेराउ गर्ने चेतावनी दिएकाछन् ।

तस्बीरहरु :

 

 

 

 

 

 

 

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।