धादिङ पोखरा क्षेत्र नं. २ लेखनाथ कल्याणकारी समाजको छैटौं साधारणसभा तथा तेश्रो अधिवेशन शनिबार सम्पन्न भएको छ ।

अधिवेशनले आगामी कार्यकालका लागि बुद्धराज बस्यालको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ,जसको बरिष्ठ उपाध्यक्षमा मिन बहादुर दवाडी,उपाध्यक्षमा कुल बहादुर रोक्का,महासचिवमा मिस्टर रोक्का,सचिवमा बावुराम तिमिल्सेना,सह सचिवमा दमै सार्की,कोषाध्यक्षमा हरि दवाडी र सह कोषाध्यक्षमा ईश्वर रोक्का रहेका छन् ।

यसैगरि समितीको सदस्यहरुमा गोकुल सिलवाल,गोकुल वस्याल,प्रमिला वसेल,सुस्मा बयलकोटी,संगिता रानामगर,गांगा नेपाली,फुलमाया नेपाली,दुर्गा दवाडी र सिताराम रोक्का रहेका छन् ।

यसअघि कार्यक्रम शुभारम्भ गर्दै पोखरा–२६ का कार्यवाहक अध्यक्ष तीर्थराज रानाभाटले समाजले स्थापनाकालदेखि नै मानव सेवा र समाजसेवा गरिरहेको भन्दै वडाको तर्फबाट।
अबका दिनमा वडा र समाजले हातमा हात,काँधमा काँध मिलाएर अघि बढ्ने प्रण गरे । धादिङवासीको प्रत्येक समस्यामा वडाबाट सहकार्य गर्दै अगाडी वढ्ने धारणा राखेका थिए ।

धादिङ–पोखरा सम्पर्क समाजका अध्यक्ष रामप्रसाद पाण्डे राजुले कल्याणकारी समाजले मानव सेवाका काम महत्वपूर्ण भएको बताए । उनले लेखनाथ कल्याणकारी समाजले गर्ने सबै कार्यमा धादिङ समाजले सहकार्य गर्ने प्रतिवद्दता जनाए ।

कार्यक्रममा लायन्स क्लव ईन्टरनेशनल ३२५ जेका डिष्ट्रक्ट अफिसर रामचन्द्र सेडाईले समाजले गरेका कामको खुलेर प्रशंसा गरेका थिए भने कार्यक्रममा ज्येष्ठ नागरिक कुलबहादुर नेपाली, समाजसेवी ओमबहादुर रानाभाट, कार्यक्रम संयोजक हरि दवाडी, समाजका उपाध्यक्ष बुद्धराज बस्याल, संस्थापक अध्यक्ष गोपाल नेपाली चन्दादाता दिपेन श्रेष्ठ र मुस्कान लामालाई सम्मान गरिएको थियो ।

समाजका अध्यक्ष तेजबहादुर बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बुद्धराज बस्यालले स्वागत, महासचिव तिलक रोकाले कार्यक्रम सञ्चालन गरेका थिए ।कार्यक्रममा सचिव मिस्टर नेपालीले कार्यप्रगति प्रतिवेदन र कोषाध्यक्ष मीनबहादुर दवाडीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।