शेयरधनीहरुका बीचमा उत्पन्न विवादका कारण इसेवाको माउ कम्पनी एफवान सफ्ट स्थापना गर्दाका मुख्य योजनाकार नै अलपत्र परेको खुलेको छ ।

इसेवा स्थापना गर्दा जम्मा चार जना थिए । अस्गर अली, विश्वास ढकाल, सुभाष शर्मा र सुभाष सापकोटा । चार जना मध्ये दुई जना लामो समयदेखि इसेवामा पाइलो राख्न पाएका छैनन् । ३५ प्रतिशत शेयर भएका विश्वास ढकालको धोका दिएकोले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको आईटी सल्लाहकार समेत रहेका अस्गर अली लामो समयदेखि इसेवामा अनुपस्थित छन् । त्यस्तै, अर्का संस्थापक सुभाष शर्मा समेत इसेवामा टेकेका छैनन् ।

इसेवामा ३५ प्रतिशत शेयर भनएका ढकालले २५ प्रतिशत शेयर भएको अस्गर अलीलाई अल्पमतमा पारेर आफूखुशी काम गर्दै आएका छन् । अहिले ढकाल आफै अध्यक्ष बनेका छन् भने सञ्चालकहरुमा नयाँ नयाँ मानिसहरु नियुक्त गरेका छन् । स्वतन्त्र देखाउन पूर्व बैंकरदेखि विभिन्न मानिसहरु कम्पनीमा पुर्याए पनि इसेवाका मुख्य योजनाकार र संस्थापकहरुले नै छोडेपछि अब इसेवाको भविष्य के हुने ? अन्योल उत्पन्न भएको छ ।

विश्वविख्यात सामाजिक सञ्जाल ट्वीटर बिक्रीपछि नयाँ साहुजी एलन मस्क कार्यालयमै ओछ्याएर लगाएर सुतेको विषयमा विश्वभर चर्चा भइरहँदा नेपालमा भने इसेवामा भएको शेयरधनीहरु बीचको लडफाले सर्वसाधारणको डाटा असुरक्षा त हुने होइन ? प्रश्न चिन्ह उठेको छ । इसेवामा बहुमतले अल्पमतमाथि शासन गर्ने लडाई चलेकोले संस्थापहरु नै कार्यालयमा उपस्थित हुने वातावरण नभएको विश्वस्त सूत्रले जनाएको छ ।

सार्वजनिक कम्पनीमा भएको यस प्रकारको लफडाको कारण सर्वसाधारण माँझ लोकप्रिय भएको डिजिटल पकेट इसेवाको भविष्यमा कुनै असर पर्न नहुने सर्वसाधारण प्रयोगकर्ताको चासोतर्फ नियामकको ध्यान जानुपर्ने हो कि ! साथै लाखौं प्रयोगकर्ताको डाटाको सुरक्षातर्फ नेपाल राष्ट्र बैंक बेलैमा चनाखो हुनुपर्ने देखिन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।