एमडिआर इण्डष्ट्रिजको उत्पादन रहेको यचु हेयर आयलको पोखरा शाखाको शुभारम्भ भएको छ । बुधवार पोखराको चिप्लेढुँगामा रहेको यू.एफ.ओ. भवनमा रहेको यचुको पोखरा महनगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानी र यचु हेयर आयलका अध्यक्ष उज्वल मानन्धरले संयुक्त रुपमा शुभारम्भ गरेका हुन् ।

 

शुभारम्भको अवसरमा आफ्नो भनाई राख्दै मर्सानीले आयुर्वेदिक तरिकाले नेपालमै उत्पादन भएको हुदा तेलको महत्व बढेको बताए । हरेक नेपाली उत्पादन लाई सबैले प्रयोग गर्नुपर्नेमा उनको जोड थियो ।

पोखरा शाखा कार्यालयका दुर्गेशमान श्रेष्ठले शुभारम्भको अवसरमा एक हप्तासम्म कम्पनीको हेयर ट्रीटमेण्टको टोली पोखरामा रहेर सेवा प्रदान हुने बताए । १ हप्ताको समयमा यचुका पुराना प्रयोगकर्ताका लागि निःशुल्क क्याम्प पनि सञ्चालन गर्ने उनको भनाई थियो ।

 

यचु हेयर आयलका अध्यक्ष उज्वल मानन्धरले तेल बिशुद्ध नेपाली उत्पादन भएको र नेपालमै पाइने विभिन्न जडिबुटीजन्य तथा तेलजन्य कच्चापद्धार्थबाट केमिकलरहित तरिकाले उत्पादन हुने हुदा तेलका फाइदा धेरै रहेको बताए ।

पछिल्लो समयमा शहरी क्षेत्रका व्यक्तिहरुमा कपाल सम्बन्धि समस्या धेरै रहेको हँुदा कम उमेरमै कपाल झर्ने समस्या, तालु हुने समस्या तथा कपालमा चाँया पर्ने समस्यालाई मध्यनजर गर्दै आयुर्वेदिक तरिकाले नेपालमै लामो समयदेखि प्रयोगमा रहेको विधीबाट यो तेल उत्पादन गर्न शुरु गरिएको उनको भनाई थियो ।

यचुको मुख्य कार्यालय काठमाण्डौको स्वयम्भुमा रहेको छ । काठमाण्डौंको पानीपोखरी र जोरपाटी तथा चितवनको हाकिमचोकमा पनि यचुको शाखा बिस्तार भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।