पोखरा महानगरपालिका वडा नं. ९ भित्र रहेका टोलविकास संस्थाहरुको भेलाले टोलविकास संस्था समन्वय समिति पोखरा ९ को अध्यक्षमा शान्ति दर्शन टोलविकास संस्थाका अध्यक्ष उत्तम जोशीको अध्यक्षतामा नयाँ समिति गठन भएको छ ।

वडा अध्यक्ष दिपेन्द्र मर्सानी लगायत वडा सदस्यहरुको उपस्थितिमा भएको उक्त भेलाले समितिको उपाध्यक्षमा जनकल्याण टोलविकास संस्थाका अध्यक्ष क्षेत्रबहादुर गुरुङ, सचिवमा सुन्दर मार्ग टोलविकास संस्थाका अध्यक्ष सुनिल उलक, सहसचिवमा शिव टोलविकास संस्थाका अध्यक्ष धु्रब श्रेष्ठ, कोषाध्यक्षमा सहारा टोलविकास संस्थाका अध्यक्ष राजु विक (रत्न बहादुर) लाई सर्वसम्मत चयन गरेको छ भने सदस्यहरुमा वडा भित्रका सबै टोलविकास संस्थाहरुका अध्यक्ष पदेन सदस्य रहने विधानमा व्यवस्था भएको नवनिर्वाचित अध्यक्ष उत्तम जोशीले वताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।