कास्की, १६ असार : एग्रो टुरिजम सहकारी संस्था लि. आयोजनामा राष्ट्रिय धान दिवस अवसरमा प्रथम रोपाइँ महोत्सव भयो । महोत्सवमा अग्र्रज किसानको सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम भयो ।

कार्यक्रममा गण्डकी प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री महेन्द्रध्वज जिसीले ६ जना अग्रज किसानलाई सम्मान गरे । सम्मानित हुनेमा साकुरा एपिएरीका सञ्चालक श्रीभद्र बराल, आशिका पशुपालन तथा कृषि फर्म सञ्चालक शिवप्रसाद लामिछाने एवं कल्पना लामिछाने, पौडेल पशुपालन तथा कृषि फार्म सञ्चालक विष्णुप्रसाद पौडेल, कृषि उपज संकलन तथा तरकारीको व्यवस्थापन सहजकर्ता टेकबहादुर थापा, तरकारी संकलनमा सर्वोत्कृष्ट संकलक रिखे नेपाली,दुग्ध उत्पादनतर्फ कल्पना थापा रहेको संस्थाका अध्यक्ष डिल्लीराम बरालले बताए ।

कार्यक्रममा पोखरा ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले सहकारीले कृषि र पर्यटन विकासमा पु¥याएको योगदानकाे मुक्तकण्ठले प्रशंसा गरे । उनले भावी दिनमा यस्ता गतिविधिलाई वडा कार्यालयले समेत विशेष महत्व दिने बताए । लोकबाजाको प्रस्तुति, हिलेदौड प्रतियोगिता, रस्साकस्सी, रोपाइँ प्रतियोगिता भए । यस्तै, कलाकार शिवहरि ढुंगाना र मधु महतले विविध प्रस्तुतिमा दर्शकले खुबै रमाइलो माने ।

कार्यक्रममा कृषि निर्देशनालय पोखराका प्रमुख बासुदेव रेग्मी, कांग्रेस पोखरा ३३ सभापति तिलकप्रसाद अधिकारी, एमाले पोखरा ३३ का अध्यक्ष दीपकप्रसाद लामिछाने, माओवादी केन्द्र अध्यक्ष श्रीभद बराल, राप्रपा केन्द्रीय अनुशासन विभाग प्रमुख माधवप्रसाद कँडेल, राष्ट्रिय सहकारी बैंक लि. का लेखा समिति सदस्य चन्दा पराजुली ढकाल, जिल्ला सहकारी संघ कास्कीका वरिष्ठ उपाध्यक्ष छविलाल लामिछाने, समाजसेवी पिताम्बर शर्मा पौडेल, विशेश्वर हरामी, दिनेश आचार्य, चन्दप्रसाद पौडेल, जनप्रतिनिधि दुर्गा केसी, प्रकाश कार्की, दिगो शान्ति महिला बचत ऋण सहकारीका अध्यक्ष रमादेवी आचार्य भरतपोखरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद अधिकारी लगायतले सहकारीले कृषि र पर्यटनमा गरेकोे कामको प्रसंशा समेत गरे ।

संस्थाका अध्यक्ष डिल्लीराम बरालको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका ७ सिद्धान्त वाचन महिला विकास समिति संयोजक अन्जु अधिकारी थापाले गरिन् । कार्यक्रमको आौचित्यमाथि उपाध्यक्ष एवं कार्यक्रम संयोजक श्रीभद्र बरालले प्रकाश पारे । सञ्चालन संस्थाका सचिव बाबुराम सुवेदीले गरे ।

आयातलाई प्रतिस्थापन, निर्यातलाई प्रवद्र्धन गर्ने मुल उद्देश्यका साथ स्थापित एग्रो टुरिजम सहकारी संस्थाले विविध कार्यक्रम गर्दै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।