ज्योतिर्विद् एवं कवि पिताम्बर पौड्यालको ज्योतिःशतकम् बजारमा आएको छ । पोखरा महानगरपालिका–३३ शिववस्ती निवासी उहाँको उक्त पुस्तकमा ज्योतिष विषयका विविध पक्षलाई समेट्ने प्रयास गरिएको छ ।

 

विभिन्न पाँच पल्लवमा विभाजित पुुस्तक छन्दोबद्धः संस्कृत तथा नेपाली रचना हो । पौड्यालले ज्योतिषीय विश्लेषणसँगै संस्कृतमा उल्लेखित श्लोकलाई नेपालीमा अनुवाद गरी सरल र जो कोहीले बुुझ्ने गरी प्रस्तुत गर्नुभएको छ ।

 

छयत्तर  पृष्ठमा समेटिएको सो पुस्तकको प्रथम पल्लवमा उहाँले नक्षत्र एवम् राशिबारे उल्लेख गर्दै पञ्चाङ्ग र ज्योतिषको विश्लेषण गर्नुभएको छ । दोस्रो पल्लवमा ग्रह विश्लेषण, तेस्रो पल्लवमा षड्वर्ग विश्लेषण, चाैँथो पल्लवमा संक्षिप्त फलादेश, लग्नादी बाह्र भावबाट प्रश्नावलोकन, भावेश फल, विभिन्न भावस्थित व्ययेश फल, उच्च नीच ग्रह फल र व्याधी मृत्युबारे चर्चा गरिएको छ । पाँचौँ पल्लवमा संक्षिप्त राशिफल, वैदिक सम्पदा र नीति श्लोक उल्लेख गरिएको छ ।

 

नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्यसचिव सूूर्यप्रसाद ढुुङ्गेलले “शिक्षाको सूत्र झैंँ सामान्यबाट जटिलतिर लम्केको यो पुस्तक विशेष गरेर ज्योतिष पेसा एवम् पुरोहित्याई गर्नेहरूका लागि र वालज्योतिषीलाई समेत बढी उपयोगी हुने बताउनुभयो ।

 

विसं २००८ जेठ ३१ गते भरतपोखरी – ६ बर माझथर(हाल पोखरा महानगरपालिका–३३) मा जन्मनुुभएका स्व खडानन्द÷जानुकाको छोरा पौड्यालको यस अघि ज्योतिषसम्बन्धी विभिन्न लेखरचना(२०७२), फलित पञ्चामृतम् पहिलो संस्करण(२०७३), दोस्रो संस्करण(२०७४) र तेस्रो संस्करण (२०७६) प्रकाशित भइसकेकोे छ ।

 

शैक्षिक, सामाजिक एवम् राजनीतिक क्षेत्रका दर्जनौं सङ्घ संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका उहाँले यसअघि राष्ट्रिय शिक्षा समिति पुरस्कार (२०५२), अन्तर्राष्ट्रिय ज्योतिष भूूषण पुरस्कार (२०५६)लगायत राष्ट्रिय एवम् स्थानीय पुरस्कार तथा सम्मान प्राप्त गरिसक्नुभएको छ । प्रातःप्रार्थना, स्तुति एवम् पञ्चयज्ञ, स्तोत्रानुवाद, सर्वदेव पूजा पद्धति, सरल ज्योति उहाँका प्रकाशोन्मुख कृति हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।