लेखनाथ, १६ साउन : करिव ८ वर्षको बैक तथा वित्तिय सस्थामा जागीरे जिवन विताएका पोखरा ३० का पुप्पमणि भण्डारी ब्यवसायको क्षेत्रमा लागेको छोटो समयमा नै ब्यवसायिक नेता बन्ने तर्फ अग्रसर भएका छन् ।

सुरुमा बैङकर्सको रुपबाट चिनियका भण्डारी आज भन्दा करिव १० वर्ष पहिला जागिर छोडेर मार्वल तथा सेनेटरी ब्यवसायमा हुमिए पछि उनको नाम विस्तारै ब्यवसायिक क्षेत्रबाट चिनिन थालेको हो ।

जागिरबाट जिवनयापन मात्र गर्न सकिने तर नाम र दामको लागि ब्यवसाय नै गर्नु पर्छ भन्ने मान्यता राख्ने भण्डारीले पोखरा २७ को तालचोकमा नयाँ ब्यवसाय सुरु गरेपछि उनले सोचे अनुरुपकै सफलता हात पादै विस्तारै ब्यवसाकि नेता बन्ने होडवाजीमा लागीपरेका हुन् ।

आठ वर्षको जागिरे जीवन र १० बर्षको ब्यवसायि यात्रामा संगालेका अनुभवलाई अव आम उद्योग ब्यवसायिको हक हितका सवालमा प्रयोग गर्नु पर्छ भन्ने उच्च मनोवलका साथ भण्डारीले लेखनाथ उद्योग बाणिज्य संघको आगामी भाद्र २२ र २३ मा हुने १४ औं महाधिवेशनका लागि कोषाध्यक्ष पदमा उमेदारी दिने घोषणा गरेका छन् ।

संघको १४ औं महाधिवेशनबाट नयाँ पदाधिारी चयन गर्ने कार्यतालिका रहेकाले उमेदवार बन्न इच्छुक ब्यवसायिहरुले सामाजिक सञ्जाल मार्फत उमेदवारी घोषणा गरिरहेको अवस्थामा संघका वर्तमान कार्यसमिति सदस्य समेत रहेका युवा ब्यवसायि पुष्पमणि भण्डारीले एक कार्यक्रमका विच कोषाध्यक्ष पदका लागि आफनो उमेदवारी रहने घोषणा गरेका हुन् ।

संघमा विगत लामो समय उप समिति हुदै मेला तथा महोत्सवमा आर्थीकको पाटो समाल्दै आएका भण्डारीले आम ब्यवसायिहरुको सल्लाहा र सुझाव एवंम आफनो कार्यदक्ष्यतालाई मुल्यङकन गरि कोषाध्यक्ष पदमा रहेर आम ब्यवसायिहरुको हक हितका सवालमा काम गर्ने गरि उमेदवारी प्रस्तुत गरेको बताएका छन् ।

युवाहरुले स्वदेशमा नै कहि गर्नु पर्छ भन्ने पर्छ भन्ने मान्यता राख्दै आएका भण्डारीले युवा लक्ष्यीत कार्यक्रम मार्फत साना तथा मझौला ब्यवसायिहरुको आवाज उठाउनका लागि पनि आफु संघको जिम्मेवारी पदमा रहेर काम गर्ने दिर्ढ इच्छायका साथ उमेदवारी दिन लागेको जानकारी गराएका हुन् ।

विगत लामो समय बैंकिङ करियरको समेत अनुभव बटुली सकेको र उक्त ज्ञान र अनुभवलाई कोषाध्यक्ष पदमा रहेर भरपुर सदुपयोग गर्न चाहेको उनले वताए । संघमा आर्थिक पारदर्शिता, कोषको वृद्धि, लगानीको सहि सदुपयोग लगायतको विषयमा आफुले कुशल भुमिका निर्वाह गर्न सक्ने दावी समेत गरेका छन् ।

त्यस बाहेक पनि अहिले सुचनाको युग भएकाले सुचना प्रविधिको सहि सदुपयोग गर्दै संघको कार्यशैली मै व्यापक परिवर्तन ल्याउन सक्ने उनले दावी गरे । साना व्यवसायी देखी उद्योगीहरु सबैलाई समेट्दै व्यवसायीक वातावरण तयार पार्ने, उद्यमशीलताको विकास गर्ने, पर्यटनको विकासमा उल्लेख्य पहल गर्ने उनको सोच रहेको छ ।

यता लेखनाथ उद्योग बाणिज्य संघको निर्वाचनका लागि केही ब्यवसायि नेताहरुले आफनो उमेदवारी घोषणा गरिसकेका छन् भने कति पय उमेदवार पर्ख र हेरको अवस्थामा रहेकाले अहिलेसम्म कोषाध्यक्ष पदमा भण्डारी र बर्तमान कार्यसमितिका सदस्य निर्माण ब्यवसायि ध्रुवबाबु भटराईको नाम मात्र चर्चा आएकाले उनिहरुको बिचमा मात्र चुनावी प्रतिस्पर्दा हुने देखिएको छ ।

यता उमेदवार बन्नेहरुको नाम दिन प्रतिदिन वड्दो क्रममा रहेकाले पछिल्लो समय आठ खुल्ला सदस्य पदका लागि करिव डेड दर्जन भन्दा बढिले इच्छा जाहेर गरिसकेका छन् । पछिल्लो समय खुल्ला सदस्यका लागि वर्तमान कार्यसमितिमा रहेकी गंगा मल्ल,हरि वस्ताकोटी साथै नयाँ अनुहारमा सुजन न्यौपाने, रमेश खाँड ठकुरी, टिकाराम सापकोटा,राजकुमार ढकाल, भबिन पुन, रोशन अधिकारी, दयाराज भण्डारी,पारस वास्तोला, जनक तिवारी,असित सुवेदी,दिपक अधिकारी,घनश्याम ढुगाना,बालकृष्ण तिवारी,विरेन्द्र भुर्तेल,राजन वडगामी,अर्जुन भण्डारी,सुर्य प्रकाश ढुगाना,सन्तोष सुवेदी,एल पी ढुगाना,झलक पौडेल,खेम गुरुङले चनावी मैदानमा उत्रने निर्णय गरिसकेका छन् भने महिला सदस्यमा रञ्जना वराल, प्रभा पौडेल र एशोसियट सदस्यमा लेखनाथ होटल एशोसियसनका अध्यक्ष विरभद्र कडेलको नाम चर्चामा आएको छ ।

यस पटक संघमा नविकरण भएका ब्यवसायिको सख्या एक हजार आठ सय ६६ रहेको छ । जसमा साधारण एक हजार आठ सय ११ ,सस्थागत पाँच र एशोसियट ५० जना रहेका छन् ।

वर्तमान अवस्थामा ब्यवसायि सस्थामा राजनिती गर्न हुन्न भन्ने स्वयम ब्यवसायि नेताहरु नै राजनितीक दलको ईसारमा विगतका निर्वाचनमा ब्यवसायीलाई भन्दा पनि राजनितीक दलका नेता तथा कार्यकर्तालाई उद्योग बाणिज्य संघको चुनाव लागे जस्तै अहिले पनि त्यो भन्दा पनि बढि राजनितीक गन्धले लेखनाथ उद्योग बाणिज्य संघलाई गाज्ने प्राय निश्चीत भएको छ । यदि पुर्व अध्यक्षहरु नै दुई भागमा बिभक्त हुुदै दलगत टिम बनाएर एकले आर्कोलाई सिध्याउने सम्मका खेल भए संघको गरिमालाई झन कमजोर बनाउने आम ब्यवसायिहरुको विश्लेशण रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।