लेखनाथ , १७ साउन : लेखनाथ उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र ओझाले उम्मेदवारी घोषणा गरेका छन् । संघको बर्तमान कार्यसमितिमा प्रथम उपाध्यक्ष भएर काम गरिरहेका उनले आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

 

संघको १४औं अधिवेशन आगामी भदौ २२ र २३ गते हुँदैछ । ‘सिर्जनाशिलता, उद्यमशिलता र आर्थिक समृद्धि आजको आवश्यकता’ मूल नाराका साथ उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

 

संघको दसौं १०औं अधिवेशन २०७२ मा कार्यसमिति सदस्य भएका उनी सोही वर्ष लेखनाथ महोत्सवको उपसमिति संयोजक भएरसमेत काम गरे । सूचना प्रविधि उपसमिति संयोजक भएर पनि संघमा उनले सो कार्यकालमा योगदान पुर्याएका थिए । ११औं अधिवेशन २०७४ मा कोषाध्यक्षमा निर्वाचित भएका उनले कृषि उपज, वाटर फन्ट, व्यावसायिक महल, स–शुल्क ज्येष्ठ नागरिक व्यवस्थापनमा विशेष योगदान गर्न सफल भए ।

१२औं अधिवेशन २०७६ मा द्वितीय उपाध्यक्षयमा निर्विरोध निर्वाचित भएका उनले प्रकाशन उप समिति संयोजक भएर काम गरे । १३ औं अधिवेशन २०७८ मा प्रथम उपाध्यक्षमा निर्वाचित भएका ओझाले बजार व्यवस्थापन उपसमिति संयोजकको जिम्मेवारी पनि सम्हाले ।

 

शुभकामना टेडर्स, शुभकामना हार्डवयर, ए.एन.बि. टेडर्स, सप्तगण्डकी आरएमसी, न्यु डायमण्ड मोडल बोर्डिङ स्कुलमा उनको व्यावसायिक संलग्नता तथा लगानी छ । सिटी वान टेलिभिजनको प्रथम उपाध्यक्ष समेत रहेका ओझा लेखनाथ हार्डवयर एसोसियसन, नागरिक परोपकार समन्वय संस्था कास्की र निर्माण सम्बन्ध व्यवसायी संघ कास्कीको संस्थापक अध्यक्ष हुन् । लायन्स क्लब अफ लेखनाथका पूर्व अध्यक्ष ओझाले लायन्सको डिस्ट्रिक्टमा विभिन्न जिम्मेवारी पुरा गर्दै आएका छन् ।

 

संघमा उनले नयाँ व्यवसायी भित्र्याउने, नयाँ उद्यमी बढाउने, व्यवसायीको स्तर उन्नतिमा जागरुक गराउने, साना तथा मझौला व्यवसायीहरुको व्यवसाय प्रवर्द्धन पूर्वाधार तालिम, गोष्टी, प्रशिक्षण, अनुसन्धान लगायतको योजनासहित वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेको  जानकारी दिए ।

 

त्यस्तै व्यवसायमा राज्यका नीति लगायत राष्ट्र बैंकका नियमहरुबारे छलफल तथा अन्तरक्रिया, कृषि, पर्यटन, अद्योग तथा व्यवसायी, आधुनिक प्रविधिको व्यापार, बजार व्यवस्थापनहरुमा ६÷६ महिनामा अन्तरक्रिया छलफल कार्यक्रम, यस क्षेत्रको सामाजिक तथा आर्थिक विकासको लागि लविङ, नियम विपरित व्यवसायी गर्नेलाई निरुत्साहित गर्ने लगायत योजना उनको छ । संघको गरिमा उच्च बनाउने गरी आफूले काम गर्ने ओझाले बताए ।

लेखनाथ उद्योग वाणिज्य संघ स्थापना २०५४ असार २० गते भएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।