मधेश प्रदेशले पोखरामा शुक्रबार  सम्पन्न केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितको उपाधि जितेको छ । राष्ट्रिय टिममा खेलेका खेलाडीको बर्चस्सो रहेको त्रिभुवन आर्मीलाई ११ रनले हराउै मधेशले प्रतियोगितको उपाधि जितेको हो ।

विजेता मधेशले नगद ५ लाख रुपैयाँ प्राप्त गर्‍याे। उपविजेता आर्मीले २ लाख ५० हजार पायो । टस जितेर पहिले ब्याटिङ गरेको मधेशले ८ विकेट गुमाएर १३५ रन जोडेको थियो । जितको लागि १ सय ३६ रनको मध्यम लक्ष्य पछ्याएको आर्मीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २४ रन मात्र बनायो ।

आर्मीका लागि विवेक यादवले २ छक्का र २ चौकासहित २५ र सोमपाल कामीले १६ रनमा अविजित खेले । कप्तान विनोद भण्डारीले सर्वाधिक ३२ रन बनाए ।
सन्तोष कार्कीले १६, रोहित पौडेलले ५, राजेश बुढामगरले ३, बसिर अहमदले २, भीम सार्कीले २२ रन बनाए ।

बलिङ तर्फ मधेसका कप्तान हरिशंकर शाहले सर्वाधिक ४ विकेट लिए । प्रदीप पासवान २ र प्रतीक यादव १ विकेट लिए ।
यसअघि पोखरा रंगशाला क्रीकेट मैदानमा मधेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको थियो । मधेसका लागि विशाल पटेलले ४९, कप्तान हरिशंकर शाहले २७ रन बनाए ।

अनिल शाह ६, इम्रान शेखले ८, पवन सराफले ९, हिमान्सु दत्तले १४, विशाल सुस्लिङले १०, प्रदीप पासवानले ४, मायन यादवले ३ रन बनाएका थिए ।
बलिङतर्फ आर्मीका साहब आलम र विवेक यादवले ३-३, सोमपाल कामी र बसिर अहमदले १-१ विकेट लिए ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीले प्रतियोगिताको आयोजना गरेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।