पोखरामा देखिएको रगतको अभावलाई मध्यनजर राख्दै लायन्स क्लव अफ पोखरा मिड टाउनले राखेको खुल्ला रत्तदानमा ४० युनिट रगत संकलन भएको छ ।

क्लवले सामाजिक क्षेत्रमा देखाएको अग्रसरलातालाई ध्यानमा राख्दै पोखरा –४ को चिप्लेढुङ्ग स्थीत मानव अधिकार चोकमा राखिएको बृहत रत्तदानमा लायन्स क्लव डिष्ट्रिक ३२५ एम नेपालका प्रथम उपाध्यक्ष चण्डिराज ढकालले पहिलो रत्तदाता टुकराम लामिछानेलाई ब्लड ब्याग हस्तान्त्रण गर्दै कायक्रमको सुभारम्भ गरेका थिए ।

कार्यक्रममा बोल्दै उपाध्यक्ष ढकालले स्वच्छ मानिसले तीन ÷तीन महिनामा रत्तदान गर्दा शरिरलाई राम्रो हुने धारणा राख्दै लायन्स क्लवले जनस्तरमा रत्तदानको महत्वका बारेमा जानकारी गराउनु पर्ने सुझाव राखेका थिए ।

लायन्स क्लव अफ पोखरा मिड टाउनका अध्यक्ष विकास भुर्तेलको अध्यक्षतामा भएको कार्यक्रममा डिष्ट्रिक रत्तदान प्रमुख ठाकुर प्रसाद अधिकारी,डिष्ट्रिक सिनियर एड्भाईजर रजनी कोईराला,रिजन चियर प्रसन सुन्दर शर्मा पौडेल,चोक बहादुर गुरुङ,क्लवका उपाध्यक्ष लेख बहादुर के शी,सचिव प्रसिस सम्सेर थापा ,नबिन श्रेष्ठ र कार्यक्रम संयोजक मनोज के सी लगाएतले रत्तदानको महत्व र उपयोगिताका बारेका जानकारी गराएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।