पोखरा महानगरपालिका वडा नं २६ मा रहेको खास्टे बचत तथा ऋण सहकारी सस्था १३ औ वर्षमा प्रबेश गरेको छ ।

स्थानिय स्थरमा छरिएर रहेको पुँजीलाई एकिकृत गर्दै आय आजर्नको क्षेत्रमा लगानी गर्दै आएको सस्थाले सनिवार आफनो १३ औ वार्षिक साधारण सम्पन्न गरेको छ ।

साधारण सभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका सहकारी महासाखाका प्रमुख रविरमण तिवारीले सस्थामा आर्थीक अनुशासन नहुदाँ केही सहकारीहरु समस्यामा परेपनि सवै सहकारीहरुलाई एउटै दृष्टिकोणले हर्न नहुने बताउदै सहकारीबाट भोगाई,सिकाई र गराईका तौर तरिका सिक्नु पर्ने सुझाव राखेका थिए ।

सोही अवसरमा सहकारी विज्ञ राममणि ढुगाना,जल्धारे बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष विष्णुप्रसाद वराल,खास्टे मत्स्य सहकारी सस्थाका सचिव नवराज ढुगाना, निवर्तमान अध्यक्ष देवानन्द दाहाल,सेयर सदस्य डा.उपमन्यु ऋषिराम पौडेल लगाएतले लगानी गर्दा आय मुलक क्षेत्रको पहिचान गरि लगानी गर्नु पर्ने स्ुझाव राखेका थिए ।

सस्थाका अध्यक्ष शिवजी तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष सावित्री न्यौपानेले गरेकी थिईन भने कार्यक्रमको संचालन लेखा समितिका सदस्य विरेन्द्र दाहालले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।