पोखरा महानगरपालिका वडा नं.–२७ मा रहेको बगादी खोलामा ५ हजार माछाका भुरा छाडिएको छ । खोलामा स्थानिय प्रजातीका माछाहरु लोपोन्मुख अवस्थामा पुगेको र जलचरहरुको संरक्षणले वातावरणीय सन्तुलनमा समेत उल्लेख्य भुमिका खेल्ने भएकाले वडा कार्यालयको १ लाख रुपैंया आर्थिक सहयोगमा सोमबार रहु र नैनी प्रजातीका भुरा छाडिएको वडाध्यक्ष पुर्ण कुमार गुरुङ्गले वताए ।

‘म यहि ठाउँमा हुर्केखेलेको हुँ, विगतमा हामी बाल्यअवस्थामा यहि खोलामा पौडी खेल्थ्यौं, त्यतिबेला पानीमा डुबेर माछा लखेट्थ्यौं तर अहिलेको पुस्तालाई त्यो अनुभव छैन, त्यसैले नयाँ पुस्ताले पनि त्यो किसिमको अनुभुती गर्न पाउन भन्ने हाम्रो उद्धेश्य हो’–वडाध्यक्ष गुरुङ्गले भने ।

यस्तै वडा सदस्य जितेन्द्र क्षेत्रीले खोलाको संरक्षण गर्नु नै वडाको मुख्य उद्धेश्य रहेको र स्थानिय जातका माछाहरु समेत संरक्षण होओस भन्ने उद्धेश्यले भुरा छाडिएको वताए । यसको संरक्षण गर्ने दायीत्व स्थानिय समाज, युवा क्लवहरु, संघ संस्था सबैको भएको समेत उनले वताए । अहिले परिक्षणको रुपमा खोलामा माछाका भुरा छाडिएको र यसबाट राम्रो नतिजा आएको खण्डमा जाली राख्ने एवं तटबन्ध निर्माण गरि स्थानियको आर्यआर्जन बढ्ने गरि कार्यक्रम ल्याईने उनले वताए ।

माछाको संरक्षणको जिम्मा स्थानिय बगादी युवा क्लवले लिने त्यसबाट हुने आय पनि क्लवले सामाजीक कार्यमा उपयोग गर्ने क्लवका अध्यक्ष गंगा तामाङले वताए । विगतमा खोलामा फोहोर फाल्ने, करेन्ट लगाएर माछा मार्ने लगायतका गतिविधि हुने गरेकोमा वडासँग समन्वय गर्दै क्लवको पहलमा यस्ता कार्यहरु रोकिएको समेत उनले दावी गरे । खोलामा चोरी सिकारी एवं करेन्ट लगाएर माछा मार्न निषेध गरिएको र त्यस्तो पाईएमा १० हजार देखी ५० हजार सम्म जरिवाना गरिने तामाङले वताए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।