काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले शीतल निवास अगाडि आत्मदाहको प्रयास गर्ने निहारिका राजपूतसँग भेट गरेका छन् ।

शनिबार काठमाडौंको त्रिवि शिक्षण अस्पालमा पुगेर बालेनले निहारिकालाई भेट गरेका हुन् । भेटपछि बालेनले निहारिकासँगको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन् ।

बालेनले निहारिकामाथि राज्यले अत्याचार गरेको बताएका छन् । ‘आफ्नो बच्चाको डीएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनुपर्ने रु यो अति हो । यो अत्याचार हो । कानुनीराज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनुहुँदैन’ बालेनले लेखेका छन् ।

आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेर त्यसको तस्वीर र भिडियो पनि बनाएर ब्ल्याकमेल गरेको उनको भनाइ छ ।

राजपुत आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने माग राख्दै अनसनसमेत बसेकी थिइन् । घटनाको अनुसन्धान सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने गरी भएको भन्दै पुनः प्रारम्भदेखि जाँच गरिनुपर्ने उनको माग छ ।

करिश्माले छोडिन् निहारिकाको साथ

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।