पोखरा २९ मा रहेको बिएमजी बोर्डिङ स्कुलमा बुधबारबाट १५औं स्र्पोट्स मिट शुरु भएको छ ।

पढाईको साथमा विद्यार्थीलाई खेलकुदको क्षेत्रबाट पनि अगाडी वढाउने उदेस्यले सवै तहका विद्याथीहरुलाई केन्द्रित गरेर विभिन्न किसिमका खेलहरु संचालन गरिएको हो ।

स्पोट मिटको सुभारम्भ गर्दै पोखरा महानगरपालिका वडा नं २९ का वडाअध्यक्ष श्रीप्रसाद गुरुङले विद्यार्थीहरुलाई शिक्षा,स्वास्थ्य र खेलकुदको क्षेत्रबाट अगाडी वढाउनु पर्ने सुझाव राखेका थिए । साथै उनले विद्यार्थीहरुलाई शिक्षाको साथमा खेदकुदको क्षेत्रबाट अगाडी वढाउन सक्ने हो भने राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा पनि सहयोग पुग्ने विश्वास ब्यत्त गरेका थिए ।

विद्यालयकी सस्थापक ईन्दिरा गुरुङको अध्यक्षतामा भएको प्रतियोगितामा विद्यालयका प्रिन्सिपल युवराज गुरुङले हरेक वर्ष जस्तै यो वर्ष पनि विद्यालयले विद्यार्थीमा अन्तरनिहित क्षमताको अभिबृद्धिमा सहयोग पुग्ने गरि विभिन्न प्रकारका खेलकुदका कार्यक्रम संचालन गरिएको बताएका थिए ।

यसैविच बुधवार भएको उद्घाटन खेलको छात्र तर्पको आठ सय मिटर दौडमा सपनिल कार्की प्रथम,प्रितम पौडेल दितिय र तेजेन्द्र पुनले तृतिय स्थान हासिल गरेका थिए भने छात्रा तर्फको चार सय मिटर दौडमा बिनिता पाईजा प्रथम,नम्रता लामा दितिय र श्रृेया गुरुङले तृतिय स्थान हासिल गरेकी थिईन ।

दुई दिनसम्म चल्ने प्रतियोगितामा कक्षागत र सदनगत गरि फुटवल,भलिवल,वास्केटवल,रिले दौड,सटफुट लगाएतका विभिन्न किसिमका खेलहरु समावेस गरिएको विद्यालयका साहायक प्रिन्सिपल धननाथ सापकोटाले जानकारी दिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।