पोखरा महानगर पालिका वडा नं. ३० पावर हाउसमा रहेको सूर्यमुखी तमु समाजको आयोजनामा ३ दिने अन्तर समुह शेर कप बास्केट बल प्रतियोगिता शनिवार देखि शुरु भएको छ ।

नेपाल राष्ट्रिय भु.पु. शैनिक तथा प्रहरी संगठनका केन्द्रिय सदस्य एव राष्ट्रिय सामाजिक अभियान्त पुरस्कारबाट सम्मानित सामाजिक ब्यत्तित्व शेरवहादुर गुरुङ्द्धारा स्थापित प्रतियोगिताको समाजले विगत वर्ष देखि ल्होत्सार वर्षको अवसर पारी गर्दै आएको हो ।

कार्यक्रमको उद्धघाटन तमु प्येलु संघका अध्यक्ष कृष्णबहादुर गुरुङले गरेका थिए । तिन दिनसम्म संचालन हुने प्रतियोगितामा महिला समुहवाट पाँच र पुरुषवाट पाँच गरी जम्मा १० समुहको सहभागिता रहेको छ। प्रतियोगिताका दुवै समुहका प्रथम, द्धितिय, तृतिय र सान्तोनालाई नगद पुरस्कार रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।