नेपाल रेडक्रस सोसाईटी कास्की साखाका सभापति दण्डपाणी पौडेलले रेडक्रसका सात शिध्यान्तलाई आत्मसाथ गर्दै रेडक्रसको अभियानलाई ग्रामिण तहसम्म पुर्याउनु पर्ने बताएका छन् ।

नेपाल रेडक्रस सोसाईटी अर्घौ उप साखा पोखरा २७ को २६ औं बार्षिक साधारण सभाको सनिवार उद्घाटन गर्दै सभापति पौडेलले मानव सेवा गर्ने विभिन्न तैर तरिका भए पनि रेडक्रसले विशुद्ध आपत विपतमा परेकालाई तत्काल उद्धार गरि ठुलो घटना हुनबाट बचाउनु नै रेडक्रसको मुख्य मर्म र भावना भएकाले यसका बारेमा सवैजना जानकार हुनु पर्ने उनको भनाई रहेको थियो ।

नेपाल रेडक्रस सोसाईटी अर्घौ उपाशाखा पोखरा २७ का सभापति तिलकशालि सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २६ का वडासदस्य सुदिपराज ढुगाना,जिल्ला शाखाका उप मन्त्री रमा न्यौपाने,लेखनाथ उद्योग बाणिज्य संघका महासचिव जानुका अधिकारी, आजिवन सदस्य भानुभक्त लामिछाने,विशिष्ठ सदस्य कृष्ण प्रसाद तिमिल्सेना,सल्लाहकार प्रकाशलाल श्रेष्ठ लगाएतले रेडक्रसले मानव सेवाका क्षेत्रमा गरेका काम र अभियानका बारेमा जानकारी गराएका थिए ।

उप साखाका सचिव गोपालमणि लामिछानेले संचालन गरेको कार्यक्रममा स्वागत उप सभापति नारायण भटराई (रक्षा)ले गरेकी थिईन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।