सात तालको बाटिका शहर लेखनाथको बेगनासताल नजिकै संचालनमा आएको सुविधा सम्पन्न होटल मकाउ दुई बर्ष अगाडीदेखि सञ्चालमा आएको जानकारी आज पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

पर्यटन प्रवद्र्धन र वेगनास ताल क्षेत्रको विकासमा टेवा पुर्याउने उद्धेश्यका साथ होटल मकाउ यस क्षेत्रको सुविधा सम्पन्न र स्तरिय होटलमा पर्दछ । होटलका सबै कोठामा चिसोपानी, तातोपानी, ब्।ऋ। सहितका डिलक्स, सुपर डिलक्स, कोरियन, बाथटप र ज्याकुजी गरेर जम्मा २६ वटा रूमहरू यस होटलमा रहेका छन् ।

यो सँगै हामी कहाँ रेष्टुरेन्ट, बार, लिफ्ट, हल र प्रयाप्त पार्किङ लगायतका सुविधाहरू उपलब्ध छन् । हाम्रो यस होटलको पाँचौ तलामा ग्राहकहरूको लागि ब्रेकफास्ट र रात्री डिनरको लागि रूफटप, पार्टी र मिटिङको लागि हलको समेत व्यवस्था गरिएको छ । मकाउको छतबाट माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमश्रृंखला, बेगनासताल, वरपरको हरियाली र आर्कषक गाँउहरू प्रष्टरूपमा देख्न सकिन्छ। स्वदेश तथा विदेशबाट आउने पर्यटकहरूका लागि शान्त र पारिवारिक वातावरणमा स्तरीय आतिथ्यता प्रदान गर्दै उनिहरूको मन जित्न मकाउ सफल भएको छ ।

होटल मकाउका प्रोप्राईटर रामप्रसाद गुरुङ “किसान’ हुनुहुन्छ । उहाँ तिन दशक भन्दाबढि ताईवान, कोरिया र हङकङमा श्रीमति पानकुमारी गुरुङका साथ बसेर त्यहाँ आर्जेको सिप र रकम लाई नेपाल लगानी गर्ने र होटल व्यवसायमा केहि राम्रो र फरक गर्ने सोचका साथ कोरनाको समयमा सपरिवार स्वदेश फर्कनु भएको हो । उहाँले विदेश बसाईमा आफुले देखेको प्रविधि, सर्भिस र अनुभवलाई आत्मसाथ गरी होटलका सबै रूमहरूलाई फरक सुविधा सम्पन्न, आर्कषक र स्तरीय बनाउन बेड, बाथरूम, कलर लगायत सबै विशेष सामानहरूको प्रयोग गर्नुभएको छ । होटलमा रूमको स्तर अनुसार २५००÷– देखि ७०००÷– सम्मका रूमहरू रहेका छन् । होटलले नयाँ बर्ष, दशै, तिहार लगायतका विशेष अवसरमा ग्राहकहरूलाई १५ प्रतिशतसम्म छुट दिनेगरेको छ भने दुईपटक भन्दा बढि आउने ग्राहकहरूको लागि पनि १० प्रतिशत छुट प्रदान गरेकोछ । साथै जन्मदिन बिशेष र म्यारिज एनिभर्सरी बिशेष रहेका ग्राहकहरूको लागि होटलले निःशुल्क केक उपहार प्रदान गर्दै आएको छ । करिब तिन रोपनी क्षेत्रफल संचालन भएको होटलमा १२ जनाले प्रत्यक्ष रोजगारी पाएकाछन् । होटलमा आर्कषक रेष्टुरेन्ट र बारको पनि व्यवस्था गरिएको छ भने ग्राहकहरूको अर्डर अनुसारका स्वादिष्ट, फ्रेस र हायजनिक खाना, खाजा र ग्रिल फिसको समेत व्यवस्था गरिएको छ ।

लेखनाथको बेगनासताल, रूपाताल क्षेत्रमा आउने पर्यटकहरूलाई लक्षित गरी संचालनमा ल्याईएको मकाउ पोखरा महानगर पालिका वडा नं ३१ बेगनास ताल नजिकै नहरचोकमा रहेको छ । ग्राहकको सेवा, सुरक्षा र सन्तुष्टी नै पहिलो लक्ष्य राखेर सञ्चालनमा रहेको मकाउले नेपालका चर्चित कलाकार, गायक, गायिका, सफल व्यवसायी, नेता लगायतका विशिष्ट व्यक्तिहरूलाई समेत आतिथ्यता प्रदान गरिसकेको छ । पृथ्वी राजमार्गको पि।यू। गेटबाट र तालचोकबाट बेगनास ताल तर्फ आउने क्रममा बाटोमा पर्ने मकाउ यस क्षेत्रमा पर्यटकहरूको रोजाईमा पर्न सफल भएकोछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।