पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले शैक्षिक गुणस्तर उकास्न निम्न स्तरका विद्यालयलाई मर्जरमा लान उत्तम हुने वताएका छन् ।

 

पोखराको वाटुलेचौरमा रहेको विन्ध्यवासिनी माध्यमिक विद्यालयको ७७औं वार्षिक उत्सव तथा अभिभावक दिवसको शुक्रवार उद्घाटन गदै प्रमुख आचार्यले न्युन विद्यार्थी भएका विद्यालयको शैक्षिक गुणस्तरमा खासै परिवर्तन नभएका वताउँदै, त्यस्ता विद्यालयलाई मर्जर गर्नुपर्नेमा जोड दिनुभयो । विन्ध्यवासिनी माध्यमिक विद्यालय कास्कीकै नमुना विद्यालय भएको स्पष्ट पार्दै उहाले मर्जरको भावना अनुरुप यसलाई मेघा विद्यालय वनाईने वताउनुभयो । विद्यार्थी आवागमनमा असहजता रहेको भन्दै प्रमुख आचार्यले यस क्षेत्रमा महानगरको सहयोगमा विद्यार्थीको सहजताका लागी आवागमन पुल निर्माण गर्ने वचन दिनुभयो ।

 

कार्यक्रममा विद्यालयले विभिन्न पुरस्कार तथा सम्मान प्रदान गरेको छ । कार्य क्षमताका आधारमा उत्कृष्ट शिक्षक कर्मचारी तर्फ महेन्द्र गुफाका काउण्टर म्यान प्रेम खड्का, विद्यालयका सह लेखापाल प्रदीपराज पौडेल, पुर्व प्रा.वि तर्फ शिक्षक पुनम आचार्य, प्रा.वि तर्फ वविता वानिया, निमावि शिक्षक आत्माराम खनाल, विशेष योगदानका आधारमा सह प्रधानाध्यापक भेषराज पौडेल, वर्षको उत्कृष्ट शिक्षक अवार्ड संगित गायक, अभिभावक तर्फ श्रीधर न्यौपाने,कक्षा १२ तर्फ सुमन वस्नेत, खेमराज पौडेल र माधव अधिकारीलाई सम्मान गरिएको छ ।

 

त्यस्तै कक्ष १० अध्यापन गराएका भेषराज पौडेल, दुर्गा सापकोटा, खिमलाल अधिकारी, महेन्द्रमणि पौडेल,राम व. वानिया,शिवप्रसाद सापकोटा,सुशील देवकोटा,कृष्णप्रसाद पौडेल,निर्मल भण्डारी,कृष्ण प्रसाद आचार्य, सरोजनी देवकोटा, खेमराज पौडेल, र होस्टल वाडेृन नविन अधिकारी, कक्षा ८ को विषयगत तर्फ महेन्द्र प्रसाद पौडेल र ईश्वर खड्का समेतलाई प्रमुख अतिथी आचार्यले सम्मानपत्र र दोशल्ला ओढाएर सम्मान गनुभयो ।

 

त्यस्तै दीर्घ सेवा सम्मानवाट वसन्त वहादुर खड्र्का, १५ वर्षे सेवावाट इन्दु भट्टराई , तारा अधिकारी, १० वर्षे सेवा अवधितर्फ दिनेश शर्मा, विष्णु कुवँर र शंकर थापालाइृ नगद सहित सम्मानित भए । सोही अवसरमा निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा कुमारी अधिकारी थापा सहितका सदस्य, निवर्तमान शिक्षक अभिभावक संघका सदस्य, निर्माण अनुगमन समिति, विषय छनौट उपसमिति , हिरक विशेषाकं प्रकाशन उपसमितिका सदस्यलाई सममान गरिएको विद्यालयले जनाएको छ ।

 

विद्यालयका जेष्ठ सदस्य गुरुदत्त भट्टराईको अध्यक्षतामा भएको कायृक्रममा विधागत रुपमा विष्णु साहु, रोशनी वि.क, त्यस्तै प्रकृति सुनार प्रनिश पौडेल, एलिश अधिकारी र प्रमोद परियारलाई विन्ध्यवासिनी विद्या पदक प्रदान गरिएको छ । त्यस्तै उत्कृष्ट सह ईन्चार्जवाट गोविन्द शर्मा पौडेल सम्मानित भए । सोही कार्यकैममा उत्कृष्ट मनिटर सहित कक्षा १२ का विद्यार्थीलाई पनि सम्मान गरिएको थियो ।

 

विभिन्न छात्रवृति वितरण गरिएको कार्यक्रममा शिक्षा सम्वन्य प्रमुख लोकनाथ आचार्य, शिक्षक अभिभावक संघका अध्यक्ष भिमप्रसाद पौडेल, शितलादेवी माविका वावुराम अधिकारी, शिवप्रसाद तिमिल्सीना लगायतले वोलेका थिए । विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा स्वागत राम व. वानिया र संचालन शिक्षक इन्दु भट्टराई र लेखापाल भिम गायकले गरेका थिए ।कार्यक्रममा विद्यार्थिले विभिन्न गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।