वेगनास मौरीघार उद्योग पोखरा महानगरपालिका वडा नंं ३१ वेगनासले २० औ वार्षिकोत्सव अवसरमा नेपालमै पहिलो पटक मह खाने प्रतियोगिता शनिवार सम्पन्न भएको छ ।

१० जना सहभागी रहेको मह खाने प्रतियोगितामा पोखरा महानगरपालिका वडा नंं २३ वस्ने जिवनाथ लामिछाने प्रथम भएका छन् भने द्धितीय पोखरा ३० खुदी निवासी वसन्त पौडेल र तृतीय स्थान हाँसिल गर्न विक्रम अधिकारी पोखरा २७ र सान्तोना हुनेमा पोखरा ३१, की सृजना लामिछाने रहेकी छन् ।

१० जना प्रतियोगी रहेको प्रतिस्पर्धामा प्रथम हुने प्रतियोगी जिवनाथले १ मिनेट ४८ सेकेन्डमा ३०० ग्राम मह खाएका थिए भने क्रमशः २ मिनेट ८ सेकेन्ड र २ मिनेट ११ सेकेन्डमा द्धितीय र तृतीय हुने प्रतियोगीले मह खाएका थिए भने प्रतियोगितमा समय ३ मिनेटको दिइएको थियो ।

प्रथम हुनेले १ के।जि। मह र एक फ्रेम चाका सहितको मह, द्धितीयले १ के।जि। मह र तृतीयले आधा के।जि। मह र सान्तोना हुनेलाई एक फ्रेम सहितको मह पुरस्कार वडा नंं ३० का वडा अध्यक्ष दुर्गा प्रसाद सुवेदी र वेगनास मौरी पालक कृषक सूर्य प्रसाद लामिछाने पुरस्कार वितरण गरेका थिए ।

पोखरा महानगरपालिका वडा नंं ३१, वेगनास ताल निवासी सूर्य प्रसाद लामिछाने दुइ दशक अधि देखि मौरी पालन व्यवसाय गरेका उनी आफ्नो शरिर भरी मौरीलाई राख्न सफल भइ मौरीका बादशाहको उपाधि पाएका लामिछाने भन्छन् विदेशीको गुलाम होइन, स्वदेशको माटोमा रमाउने सन्देशका साथ ३०० भन्दा बढी मौरीघार पालन करोडौ कमाइ गरी सकेका उनी स्वदेशमा र विदेशमा समेत ख्याति प्राप्त गरिसकेका छन् ।

उनी भन्छन् नेपालमा विभिन्न किसिमका प्रतियोगीता छनु र यो प्रतियोगीता नेपालमा नै पहिलो भएको यसको मुख्य उद्देश्य साथी भाइबन्धु सँगै छन् भन्नका लागि मह चखाउन अवसर मिलेको र आत्माले चाहेको चिज खान पाए उर्जा मिल्ने र आत्मा सन्तुष्टि मिल्ने र आर्थिक उपार्जन समेत मिल्ने उनी भन्छन जसले सानो कर्म गरी सानो किरा पाल्छ उसले हिरा प्राप्त गर्दछ, उनको भनाइ रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।