राष्ट्रिय वाणिज्य बैङ्क गण्डकी प्रादेशिक कार्यालयको भवन काठमाडौँबाटै उद्घाटन गरिएको छ । नेपाल सरकारका अर्थमन्त्री रामशरण महतबाट राष्ट्रिय वाणिज्य बैङ्कको ५९ औँ वार्षिकोत्सवको अवसरमा काठमाडौँबाटै पोखराको नयाँ बजारमा हालै निर्माण भएको उक्त कार्यालय भवनको उद्घघाटन भएको जानकारी । राष्ट्रिय वाणिज्य बैङ्क गण्डकी प्रादेशिक कार्यालयका निमित्त प्रादेशीक प्रबन्धक विधुर भुषण क्षत्रीले जानकारी दिए ।

सोही अवसरमा राष्ट्रिय बाणिज्य बैक लिमिटेडको ५९ औ वार्षिकाृेत्सव कार्यक्रमको उद्धघाटन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री माननीय जितप्रकाश आलेले सरकारले निति, नियम वनाउदा ध्यान दिनु पर्ने वताउदै बैकहरुले कृषि र उद्योग क्षेत्रमा लगानी गरी प्रतिफल प्राप्त गर्नु पर्ने धारणा राख्दै, अनुत्पादक क्षेत्रमा कम लगानी गर्न, कृषि र उद्योग क्षेत्रको विकास नै देशको समृद्धी भएकाले कृषिलाई उत्पादनको आधारमा अनुदान दिनु पर्ने साथै कृषि र औद्योगिक क्षेत्रमा लगानी गरी श्रमलाई विदेश पलाएन रोक्न सरकारी बैकको ठुलो भुमिका रहेको औल्याउदै समग्र आर्थिक क्षेत्रमा टेवा पुग्ने उहाँको भनाइ रहेको थियो ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, लेखनाथ उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष बिक्रम कर्माचार्य, , सेवाग्राही मनबहादुर खड्का, पुर्व कर्मचारी गगांघर पौडेल, राष्ट्रिय बाणिज्य बैकका कार्यवाहक अध्यक्ष सन्तोष ढुङ्गाना, बित्तीय कर्मचारी संघका अध्यक्ष विकास क्षेत्री, क्षेत्रीय कार्यकारी अधिकृत नवीन पौडेल, लगायतले राष्ट्रिय वाणिज्य बैक प्रविधि सगै अगाडी बढेको कुरामा जोड दिए ।

सोही अवसरमा राष्ट्रिय वाणिज्य बैक गण्डकी प्रादेशिक कार्यालयका निमित्त प्रबन्धक क्षत्रीले भवनको हालसम्म करिब ९२ प्रतिशत निर्माण कार्यसम्पन्न भएको र पोखराको नयाँ बजारमा करिब ४ रोपनी क्षेत्रफलमा ५ तले अत्याधुनिक भवन निर्माण भएको निमित्त प्रादेशीक प्रबन्धक क्षत्रीले उल्लेख गर्नु भयो । उक्त भवनमा आवश्यक पर्ने पानी भवनकै जमिन मुनिबाटै निकालिएको र सोलार लाइट समेत जडान भएकोले बिद्युत् नहुँदा समेत भवनमा कुनै समस्या नहुने उहाँले दाबी गर्नु भयो ।

भुईँ तलामा पार्किङ, पहिलो तलामा पोखराको पृथ्बीचोक शाखाबाट हुने गरेको आर्थिक कारोबार सुरु भएको उहाँले बताउनु भयो । बिचको तलामा भाडामा दिने योजना रहेको निमित्त प्रादेशीक प्रबन्धक क्षत्रीले बताउनु भयो । राष्ट्रिय वाणिज्य बैङ्क प्रादेशिक तालिम केन्द्रको रुपमा विकसित गर्न खोजिएको उहाँले बताउनु भयो । त्यस भन्दा माथि गण्डकी प्रदेशको कार्यालय रहने भएको उहाँले जनाउनु भयो । उक्त भवन २५ करोडमा निर्माण भएको कार्यालयले जनाएको छ ।

नेपाल राष्ट्र बैङ्क अनुसार कृषि कर्जालाई प्राथमिकता दिँदै आएको बैंकले जनाएको छ । बैंकले सुन कर्जा, शैक्षिक कर्जा, कृषि कर्जा, पर्यटन कर्जा लगायतका क्षेत्रमा लगानी गरेको छ । प्रादेशिक कार्यालयमा १७ जना कर्मचारी र शाखामा १६ जना कर्मचारी रहनु भएको छ । पोखरामा उक्त भवन निर्माण हुनुले यस क्षेत्रका जनताको थप विश्वासले राष्ट्रिय वाणिज्य बैङ्क थप प्रभावकारी ढंगले आर्थिक कारोबार गर्ने भएको निमित्त प्रादेशीक प्रबन्धक क्षत्रीले दाबी गर्नु भयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।