नेपाली कांग्रेसका युवा नेता भानु पराजुलीले कास्की क्षेत्र नं ३ ख प्रदेश सभा सदस्यको लागि आकांक्षा प्रस्तुत गर्नुभएको छ ।

भूगोलविद्, योजना र सुशासन विज्ञ समेत रहेका पराजुलीले आफु उम्मेदवार वन्न योग्य रहेको दावी सहित उम्मेदवारी दर्ता गराउनुभएको प्रदेश सचिव ठाकुर वरालले जानकारी दिनुभयो । प्रदेशमा पराजुली सहित १३ जनाले प्रत्यक्षतर्फ उम्मेदवार वन्न आकांक्षा राख्नुभएको छ ।

समयको माग हो, मेरो एजेन्डा प्रष्ट छ, पराजुलीले भने, सुशासन र सदाचारका पक्षमा संसदमा सशक्त आवाज़ र कानुन निर्माण गर्न भूमिका खेल्ने, वित्तीय संघियता लागू गर्न पहल तथा पुस्तान्तरण सहितको राजनीतिक व्यवस्थापनका लागि प्रदेश सांसदमा दावी छ ।

कांग्रेसमा लामो समयदेखि पुनर्जागरण र पुस्तान्तरणको मुद्दा उठाउंदै आएका पराजुलीले पुराना नेताहरूलाई अभिभावकीय दायित्वमा रही नेतृत्व हस्तान्तरणमा सहयोग गर्न अपिल समेत गर्नुभएको छ ।

फेवाताल जलाधार क्षेत्रका नागरिकलाई वातावरणीय सेवाको भुक्तानी दिन नीति र कानुन वनाउन पहल गर्ने तथा अन्नपुर्ण संरक्षण क्षेत्र व्यवस्थापन र संरक्षणमा स्थानीयको सशक्त भूमिका र अधिकार स्थापित गर्न आवश्यक सहजीकरण गर्ने मेरो थप एजेन्डा हो, उम्मेदवार आकांक्षी पराजुलीले भने ।

भ्रष्टाचार विरोधी अभियानमा समेत सक्रिय पराजुलीले प्रदेशको दिगो विकास, सुसासन तथा सदाचारीता र स्थायित्वका लागि आफ्नो दावी रहेको वताउनुभयो ।

म संसद विकास कोष वनाएर पैसा वाड्ने कुराको विपक्षमा छु, म पुल, सड़क वनाउन संसद जाने होईन गरिव, असहाय, महिला, जनजाती र दलित समुदायको हक़ र अधिकार स्थापित गराउने खालका कानुन वनाउने पक्षमा सदैव वकालत गर्छु, पराजुलीले भने ।

आन्तरिक प्रजातन्त्र, सुशासन र जवाफदेहिता विनाको प्रदेश सत्ताको उपयोगीमात्रै बन्न सक्छ, तर समृद्द प्रदेश निर्माण गर्न सकिन्न, पराजुलीले भने अब हाम्रो पुस्ता गाँउलाई सहर होइन, गाँउलाई गाउँकै रुपमा समृद्ध बनाउने सपना, योजना र ताकत सहित चुनावमा जान तयार रहेको वताउनुभयो । जनताको काखदेखि दुख, पीर, मर्का झेल्दै आएको निष्ठावान, कर्मशील, क्षमतावान पुस्तावाट अबको चुनावमा उम्मेदवार वन्नपर्छ भन्ने जोड पनि आफ्नो रहेको पराजुलीको दावी छ ।

नवीन चिन्तन र विचार सहितको म र मेरो पुस्ता अर्थात् क्षमतावान, इमान्दार, योग्य र सदाचारी युवाको सशक्त उपस्थिति आगामी संसदीय चुनावमा हुन जरुरी रहेको उम्मेदवार आकांक्षा पराजुलीले भन्नुभयो । त्रिभूवन विश्वविद्यालयवाट भूगोल र आमसंचारमा एम.ए गर्नुभएका पराजुलीलाई २०६८ सालमा भूगोल विषय टपर भएर पृथ्वीनारायण क्याम्पसले सम्मान समेत गरेको थियो ।हाल प्रदेश अधिवेशन प्रतिनिधि समेत रहेका पराजुली ने.वि, संघ कास्कीका पुर्व सचिव समेत हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।