मङ्सिर ४ को संघीय र प्रादेशिक चुनावको मिति नजिकिदै जादा देशकै पुरानो पार्टी नेपाली कांग्रेस भित्र भने टिकटको लागि रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।

पार्टीको सर्कुलर अनुसार क्षेत्रिय समितिमा टिकट प्राप्तिको लागि मनोनयन गर्ने आकन्क्षिहरुको जनसान्खिक बनोट हेर्दा युवादेखि बुढाहरुको ठुलै पंन्ति देखियको छ ।  उसो त बुढाहरुको पार्टी भनेर चिनिने नेपाली कांग्रेस भित्र युवाहरुले टिकट हत्याउन त्यति सहज देखिदैन ।

तथापी नेपाली कांग्रेस कास्की -३ मा भने रोचक भिडन्त हुने देखिएको छ ।  पूर्व सचिव बाबुराम आचार्य , क्षेत्रिय सभापति मनोज गुरुङ सहित चर्चित युवा इन्जिनियर  यम कृष्ण पौडेल को पनि उम्मेदारी  परेपछि कास्कीमा तरङ्ग उत्पन्न भएको छ ।

समयको परिवर्तन सगै आम मतदाताको भावनालाई शिरोपर गरि  अगि बढ्न सक्ने  शिक्षित ,युवाको विकल्प  नभएको नेपाली कांग्रेस कै कार्यकर्ताहरु बताउछन । नेपाल बिद्यार्थी संघ मा १५ वर्षदेखि निरन्तर इकाई कमिटि हुदै केन्द्रिय नेतृत्व सम्म पुगेका पौडेलले ,  राष्ट्रिय अन्तरास्ट्रिय पुरस्कार  प्राप्त गर्नुको साथै नेपाली कांग्रेस को  बिभिन्न तह र समितिमा  बसि बिज्ञ को रूपमा  काम गरिसकेका छन् ।

प्रस्ट वक्ता , बौद्दिक युवा को आगमन हुनु नेपाली कांग्रेस को लागि सुखद भएको र कांग्रेस मा युवाको भबिस्य  छ भन्ने संदेश  आम जनतामा गएको जसबाट स्वतन्त्र  उम्मेदार वाट हुन सक्ने क्षति पनि रोक्न सकिने नेपाली कांग्रेस का नेताहरु बताउछन ।   समय परिवर्तित छ , आम जनता विकास खोजिरहेका छन् , उत्कृस्ट कार्यसम्पादन गर्न सक्ने नेतृत्व आजको माग हो ।

अब पुरानो पुस्ता वाट सम्भव नदेखियकाले आम कार्यकर्ता र जनभावना अनुरुप उम्मेदारी दिएको पौडेल  बताउछन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।