गण्डकी प्रदेश बाट सम्भावना बोकेका नेपाली काङ्ग्रेसका युबा नेताहरु जो मङ्सिर ४ को चुनाव को प्रतिक्षामा छन्।

कल्याण बाबु भण्डारी – कास्की

नेपाल विद्यार्थी सङ्घ कास्की का पुर्ब सभापति तथा नेपाली काङ्ग्रेस का युबा नेता कल्याण बाबु भण्डारी कास्की बाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचन लड्ने तयारीमा छन्। शालिन स्वभाब का भण्डारी पुराना पुस्ता र नयाँ पुस्ता लाई जोड्न सक्ने मध्यमार्गि नेता का रुपमा परिचित छन्।राजनिति पेशा नभई सेवा हुनुपर्छ का अभियान्ता भण्डारी नेपाली काङ्ग्रेस को राजनिति मा निरन्तर सक्रिय छन्।भण्डारी १४ औ महाधिबेशन मा गण्डकी प्रदेश सदस्य मा खुल्ला तर्फ उपबिजेता समेत हुन् ।भण्डारी देउबा समुह र कृष्णप्रसाद सिटौला निकट मानिन्छन।

कुसुम थापा मगर – पर्बत

नेपाल विद्यार्थी संघ बाट राजनिति प्रारम्भ गरेकी महिला नेतृ कुसुम थापा मगर पर्बत बाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचन लड्ने तयारी मा छन् ।सिर्जनशिल स्वभाब कि मगर को उमेदवारीले गण्डकी प्रदेश मा महिला नेतृ स्थापति गराउन बिशेस भुमिका खेल्नेछ।

डिल्ली राम सुबेदी – बाग्लुङ

नेपाली काँग्रेस बागलुङका महाधिवेशन प्रतिनिधि र नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष समेत रहेका डिल्लीराम सुवेदी
बाग्लुङ क्षेत्र नं १ बाट प्रतिनिधि सभा चुनाब लड्ने तयारी छन् ।प्रखर बक्ता का रुपमा परिचित सुबेदी नेपाली काङ्ग्रेस को राजनिति मा नबिन उर्जा प्रदान गर्न सक्ने नेता का रुपमा परिचित छन्।

दिपक भट्टराई – तनहुँ

नेपाल विद्यार्थी सङ्घका निवर्तमान महामन्त्री तथा युवा नेता दीपक भट्टराई तनहुँबाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचन लड्ने तयारीमा छन्। भट्टराई युवाहरु माझ लोकप्रिय र पाका पुस्ताहरु बीच विश्वासिला अनि “विद्रोह र जिम्मेवारी” दुबै भूमिका बहन गर्न सक्ने, दीगो विकासका दृष्टिकोण सहित गतिशील क्षमता भएका नेताका रुपमा परिचित छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।