पोखरा उद्योग वाणिज्य संघ अध्यक्षमा पवनकुमार प्रजापति निर्वाचित भएका छन् । संघको ३४ औं महाधिवेशनअन्तर्गत शनिबार भएको मतदानको आइतबार भएको गणनामा पवन प्यानलले पदाधिकारी र सदस्यमा समेत वर्चश्व कायम गरेको छ ।

अध्यक्षमा उनले अर्का प्रत्यासी अर्जुन पोखरेललाई ७ सय बढी मतान्तरले पछि पार्दै निर्वाचित भएको जनाइएको छ । निर्वाचन समितिले भने आधिकारिक घोषणा गर्न बाँकी छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।