राष्ट्रियसभा सदस्य उदयबहादुर बोहोराले आफूलाई मन्त्रीले नगनेको गुनासो गरेका छन्।

राष्ट्रियसभाको बिहीबार बसेको बैठकको शुन्य समयमा बोल्दै नेकपा एकीकृत समाजवादीका तर्फबाट राष्ट्रियसभा सदस्य बोहोराले यस्तो बताएका हुन्।

‘सांसदहरु जनताका समस्या लिएर मन्त्रीको कार्यकक्षमा गएका हुन्छन्।’ उनले भने, ‘घण्टौंसम्म कुराउनुहुन्छ, भेट दिनुहुन्‍न। भित्र विभिन्न किसिमका मानिसहरुको आवतजावत हुन्छ। यसरी जनताका समस्या लिएर गएका सांसदहरुलाई यस्तो व्यवहार गर्नु राम्रो हुन्न।’

उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यस्तो समस्या भएको पनि खुलाए।  भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई छन्। उनी जनता समाजवादी पार्टी (जसपा) का नेता हुन्।

बोहोराले आगामी दिनमा यस्तो नहोस् भनेर सबै मन्त्रीहरुको ध्यानाकर्षण गराउन चाहेको पनि बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।