कास्की २ मा लौरो अभियानबाट शिरिष गुरुङले उम्मेदवारी घोषणा गरेकी छन् । कास्की २ बाट यसअघि नै स्वतन्त्र उम्मेदवारी घोषणा गरि सकेकी गुरुङ लौरो अभियानबाट उम्मेदवार बन्ने भएकी हुन् ।

काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा गुरुङलाई लौरो अभियानका तर्फबाट उम्मेदवार बनाउने घोषणा भएको हो ।

सामाजिक अभियानमा सक्रिय गुरुङले यसअघि जागौं पोखरा अभियानको नेतृत्व गर्दै ५१ दिने लामो शान्तिपूर्ण वार्ता समेत बसेकी थिइन् ।

शिक्षण पेशमा आबद्ध गुरुङले देशले परिवर्तन चाहेको बेला युवाहरु जुट्नु पर्ने साथै नीतिगत तहमा पुग्नुपर्ने भएकाले आफ्नो उम्मेदवारी घोषणा गरेको बताइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।