नेपालीहरुको महान पर्व विजयादशमी तथा दिपावलीको अवसरमा पोखरा महानगरपालिका वडा नं. २७ मा वडाध्यक्ष रनिङ शिल्ड कप सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।

स्थानीय बगादी युवा क्लवले यहि असोज १० गतेदेखी १४ गतेसम्म पोखरा–२७ रिठेपानी, गोलपाटनमा प्रथम वडाध्यक्ष रनिङ शिल्ड कप २०७९ सेभेन ए साईड फुटबल प्रतियोगिताको आयोजना गर्ने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

युवावर्गलाई खेलक्षेत्रमा संल्गन गराई स्थानीय क्षेत्रमा खेलकुदको प्रर्वद्धन, विकास एवं खेल पर्यटनमा समेत टेवा पुर्याउने उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको क्लवका अध्यक्ष गंगा तामाङले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु ७० हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उप–विजेता टिमले नगद रु ३५ हजार सिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक जितेन्द्र क्षेत्रीले जानकारी दिए । यस्तै प्रतियोगितामा उत्कृष्ट गोलकर्ता, स्ट्राईकर, डिफेन्डर र हाई स्कोरर लाई पनि जनही ३/३ हजार प्रदान गरिनेछ ।
प्रतियोगिता सञ्चालन गर्न ६ लाख ६० हजार खर्च हुने र ७ लाख ६५ हजार आम्दानी हुने अनुमान गरिएको छ भने यसबाट वचत हुने रकम क्लवकै सामाजीक कार्यमा खर्च गरिने समेत आयोजकले जनाएको छ ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. २७ का अध्यक्ष पुर्ण कुमार गुरुङले प्रतियोगिताको आयोजनाले स्थानिय क्षेत्रको खेलगतिविधिमा सहयोग पुग्नुका साथै युवाहरुलाई स्वस्थ एवं अनुशासीत बनाउने विश्वास व्यक्त गरेका थिए ।

उक्त अवसरमा राईजिङ स्टार युथ क्लवका अध्यक्ष विष्णु गुरुङले प्रतियोगितामा आफु र आफ्नो क्लवको पुर्ण सहयोग र सर्मथन रहने प्रतिवद्धता व्यक्त गर्दै सफलतापुर्वक सम्पन्न हुने विश्वास व्यक्त गरेका थिए ।

क्लवका अध्यक्ष गंगा तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन क्लवका सदस्य सुदिप नेपालीले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।